चन्द्रसूर्य साकोसद्वारा न्यानो कपडा वितरण


धनुषा । चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था र कालिदास श्रेष्ठ कल्याणकारी समाज, यी दुई संस्थाको समन्वयमा न्यानो कपडा वितरण गरीएको हो । मिथिला नगरपालिका – ११, धनुषामा रहेको श्री देउराली माध्यमिक विद्यालयको ४० औं अभिभावक दिवसको अपसरमा माघ ७ गते, उक्त विद्यालयमा अध्यनरत कक्षा १ देखि कक्षा १० सम्मका समपुर्ण विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरीएको थियो ।

चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा कालिदास श्रेष्ठ कल्याणकारी समाजका अध्यक्ष समेत रहेका रोशनलाला श्रेष्ठले  संस्थामा कार्यरत पदाधिकारीहरूको जन्मथलो धनुषा नै रहेको र सम्पुर्णले कक्षा १० सम्मको अध्ययन सोहि ठाउँमा गरेको बताउदै उहाँले यी दुई संस्थाले हरेक वर्ष विद्यालयमा चाहिने आवश्यक सामाग्रीहरू उपलब्ध गराउदै आएको बताउनुभयो । सोहि अवसरमा कालिदास श्रेष्ठ कल्याणकारी समाजका उपाध्यक्ष डोरकुमार श्रेष्ठले व्यक्तिगत रूपमा विद्यार्थिहरूलाई कापि र कलम वितरण गर्नुभएको थियो ।

चन्द्रसूर्य साकोसको कार्यलय ललितपुर माहानगरपालिका १५, सातदोबाटोमा रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर