ऋण व्यवस्थापन तालिम सम्पन्न


भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को वित्तिय सेवा प्रबद्र्धन उपसमितिको आयोजनामा २०७६ माघ १० र ११ गते सिद्धि गणेश तालिम हल, खँचामा ऋण व्यवस्थापन तालिम सम्पन्न भयो । तालिम समापनमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संघले तालिम कार्यक्रम लागतको आधारमा संचालन गर्दै सदस्य संस्थाको सबलिकरणमा तालिमले महत्वपूर्ण योगदान पुग्ने जानकारी गराउनुभयो । संघले अन्तर लगानी मार्फत संघलाई आत्मनिर्भर बनाउदै लगेको कुरा स्पष्ट पार्नुभयो । उहाँले संघमा कारोबार गरी जिल्लाको पैसा जिल्लामा परिचालन हुनुपर्नेमा जोड दिनुका साथै सहकारी अभियानलाई बलियो बनाउन संचालकहरुले कानुन सम्मत ढंगले इमान्दारितापूर्वक काम गर्नुपर्ने  बताउनुभयो ।

संघका कोषाध्यक्ष एंव वित्तिय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले संस्थाको ऋण प्रशासनलाई टेवा पु¥याउने उद्देश्यले तालिमको आयोजना गरेको कुरा बताउनुभयो । प्रशिक्षक कुमार खत्रीले तालिम तालिममा मात्र नभई व्यवहारमा उर्तानुपर्ने कुरा बताउनुभयो । वित्तीय सेवा प्रबद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले धन्यवाद मन्तव्य दिनुभयो भने उपसमितिकै सदस्य राजाराम गोसाईले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

तालिमका सहभागी चमेली साकोसका रमेश न्यौपानेले तालिम धेरै उपयोगि रहेको बताउदै कर्मचारी र ऋण उपसमितिलाई छुटा छुटै तालिमको व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । मध्यपुर साकोसका रिना बजु, झिगु ख्वप साकोसका जुनेली बजु, नालाछाप महिदा साकोसका जिबनी कार्की लगायतले तालिम प्रभावकारी रहेको बताउनुभयो । जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ४१ जनाको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर