स्थिरीकरण कोष सम्बन्धी क्षेत्रीय अभिमुखीकरण


बाँके, माघ १२ । नेपालगञ्ज बाँकेमा विभिन्न चार जिल्लाका बचत तथा ऋण सहकारीकर्मीहरुबीच नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजनामा आज स्थिरीकरण कोष अभिमुखीकरण सम्पन्न भएको छ ।

स्थिरीकरण कोष के हो ? यसको आवश्यकता र महत्व के छ ? साथै कोष सञ्चालनको कानूनी र नीतिगत व्यवस्था सहित २०७६ मंसिर ५ को मन्त्रीस्तरीय बैठकको निर्णय बमोजिम नेफ्स्कूनलाई प्राप्त स्थिरीकरण कोष कार्यविधिका सम्बन्धमा छलफल भएको थियो ।

 

कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता, महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष, राष्ट्रिय सहकारी बैंकका सञ्चालक बिजया धिताल, नेफ्स्कूनका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, व्यवसाय विभागका प्रमुख संञ्जय राज तिमल्सेना लगायत संघका कर्मचारीहरु र बाँके, बर्दिया, सुर्खेत, दाङ र सल्यान जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुबाट गरी १४६ जना साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महासचिव अधिकारीले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै स्थिरीकरण कोष सम्पूर्ण सहकारीहरुको सुरक्षा कवज रहेको र यसले सहकारीहरुलाई स्टेवलाईजरले काम गरे जस्तै सहकारीहरु संकट तथा जोखिममा रहेमा वित्तीय सापटी तथा व्यवस्थापकीय सहयोग गरी जोखिम तथा टाट् पल्टिएका सहकारीहरुलाई पुनः जिवित गरी सञ्चालनमा सहयोग गर्ने भएकोले यसमा सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरु सहभागी हुन आग्रह गर्नुभएको थियो ।

 

नेफ्स्कूनले दक्षिणकोरीयामा नाकुफोकले सञ्चालन गरेको स्थिरीकरण कोष जसरी नै वासलातको केही निश्चित प्रतिशत रकम कोषमा उपलब्ध गराउने र यसो हुँदा सम्पूर्ण सहकारीहरुलाई कोषमा आवद्ध गर्न सकिने कुरामा बहस पैरबी गर्दै आईरहेको बताउनु भयो । संस्थाको सुदृढीकरणका लागि नेफ्स्कूनको पहलमा स्थिरीकरण कोषले कानूनी बैधता पाएको र अब यो कोष सञ्चालनमा साकोसहरुको सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभएको थियो ।

 

कार्यक्रममा नेफ्स्कूनका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले स्थिरीकरण कोष र यसको सञ्चालन आवश्यकताका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियोे भने नेफ्स्कूनका वरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले स्थिरीकरण कोषको कानूनी, नितीगत व्यवस्था र मन्त्रालयले स्वीकृत गरेको स्थिरीकरण कोष आन्तरीक कार्यविधिको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

कार्यक्रम सञ्चालन गर्दै नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख सञ्जय राज तिमिल्सिनाले नेफ्स्कूनको ब्यवसाय वृद्धी र विकासमा योगदान पुर्याइरहनु भएका सहकारीहरुलाई हार्दिक धन्यवाद दिदै थप योगदानका लागि अनुरोध गर्नुभएको थियो ।

-नेफ्स्कून खबर-


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर