नमस्तेले गर्यो बधाई तथा सम्मान कार्यक्रम


बाँके । नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. नेपालगञ्ज बाँकेले नेपालको बचत तथा ऋण सहकारी संघ तथा संस्थाहरुको सर्वाच्च निकाय  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का नवनिर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमका बिच बधाई ज्ञापनसँगै सम्मान गरेको छ ।

नेफ्स्कूनको २८ औँ वार्षिक साधारण सभाबाट निर्वाचित महासचिव दामोदर अधिकारी र कोषाध्यक्ष दिपक पनेरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले साकोस अभियानमा नेतृत्वकर्ताहरु जन्माउन तथा साकोस अभियानको बाँके जिल्लाकै महत्वपूर्ण अभियान्तासँगै नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै आफ्नो विराट परिचय बनाएको नमस्तेले साकोस अभियानका स्तरीकरण कार्यक्रममा समेत सहभागी भई नेपालकै नमूना सहकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कोषाध्यक्ष दिपक पनेरुले छोटो समयमा नै प्रगतिउन्मुख दिशातर्फ लम्किरहेको नमस्तेले नेफ्स्कूनका कार्यक्रममा सक्रिय सहभागितासँगै साकोस अभियानलाई महत्वपूर्ण दिशा प्रदान गर्न सकोस भनी शुभकामना दिनुभयो ।

संस्थाका अध्यक्ष बिष्णु बहादुर रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका नायव महाप्रवन्धक प्रकाश प्रसाद पोख्रेल, व्यवसाय विभाग प्रमुख सञ्जय राज तिमिल्सिना, नेफ्स्कून क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख दिपक प्रसाद ढुंगाना, नेफ्स्कून फिल्ड कार्यालय नेपालगञ्जका इन्चार्ज यम डाँगी, नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. बाँकेका उपाध्यक्ष जीवकला अधिकारी, सचिव प्रकाश ज्ञवाली, लेखा सुपरिवेक्षण समितिका संयोजक विमल ढकाल, सञ्चालक समिति सदस्य राजन शर्मा, प्रधान कार्यालयका प्रवन्धक कुलमणि आले लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संस्थाका कोहलपुर सेवा केन्द्रका प्रवन्धक शालिकराम डाँगीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर