नेशनल को- अपरेटर्स एलाइन्स नेपालले सहकारी प्रशिक्षण तथा तालिम सातै प्रदेशमा सञ्चालन गर्ने


काठमाडौं । नेशनल को-अपरेटर्स एलाइन्स नेपालले सहकारी प्रशिक्षण तथा तालिम सातै प्रदेशमा सञ्चालन गर्ने भएको छ । नेशनल को- अपरेटर्स एलाइन्स नेपालको हिजो नेशनल को-अपरेटर्स एलाइन्स नेपालको केन्द्रिय कार्यकारी उच्चस्तरीय कार्यदल संयोजक , नेपाली कांग्रेसका प्रमुख सचेतक तथा एलाइन्सका प्रमुख सल्लाहकार बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा बसेको बैठकले सहकारी प्रशिक्षण तथा तालिम सातै प्रदेशमा सञ्चालन गर्ने गरि प्रशिक्षण समिति समेत गठन गरेको र समिति संयोजकको लागि नेशनल को- अपरेटर्स एलाइन्स नेपालका सचिव तथा राष्ट्रिय सहकारी महासंघका नवनिर्वाचित संचालक राजेन्द्र पौड्याललाई चयन गरेको छ ।

उक्त बैठकलाई सम्बोधन गर्दै सचेतक खाँडले वार्ता तथा पार्टीहरु सङ्ग समन्वय गरि आफ्नो कार्य सम्पन्न गरेकोमा कार्यदललाई  धन्यवाद दिनुका साथै महासंघमा एलाइन्सबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई बधाई दिदै कमि कमजोरी सच्चाएर एलाइन्स लाई केन्द्र , प्रदेश , जिल्ला , संसदिय निर्वाचन सम्म बिस्तार गर्ने बताउनुभयो । सोहि बैठकमा नेशनल को- अपरेटर्स एलाइन्स नेपालका सहअध्यक्ष गोविन्द प्रसाद शर्मा पौडेल , उपाध्यक्ष एवम् प्रदेश नम्बर ३ का प्रमुख सचेतक राधा घले , उपाध्यक्ष जग्गा प्रसाद पाण्डे , महासचिव चन्द्र प्रसाद ढकाल , सचीव राजेन्द्र पौडेल , कोषाध्यक्ष मोहन बस्नेत लगायत ले धारणा राख्नु भएको थियो ।

 

उक्त बैठक एलाइन्स र सहकारी संघ , महासंघको निर्वाचनका बारेमा समिक्षा गर्दै एलाइन्सका केन्द्रिय अध्यक्ष डिल्लीराम तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर