नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सहकारी अभियानको कुशल व्यवस्थापक विधामा सम्मानित


माघ १५, काभ्रे । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) को सदस्य संस्था सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा माघ १४ गते संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटालाई साकोस अभियानको कुशल व्यवस्थापक विधामा सम्मानित गरेको छ ।

 

संस्थाले आफ्ना सदस्यहरु मध्ये बाट प्रदेशतह र स्थानीय जनप्रतिनिधिहरु, उत्कृष्ट स्थानमा पुग्न सफल शैक्षिक क्षेत्रका व्यक्तिहरु, उत्कृष्ट स्थानमा पुग्न सफल सहकारी अभियन्ताहरु, उत्कृष्ट स्थानमा पुग्न सफल कुशल व्यवस्थापक, पत्रकारिता र साहित्य क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।

एशियाली स्तरको सिल्भर ब्राण्ड प्राप्त यस संस्थामा २४ हजार ४ सय सदस्यहरु मार्फत १ अरब ९७ करोड पूँजि परिचालन भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?