नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष तथा सञ्चालकहरुलाई लमजुङमा बधाई तथा सम्मान


लमजुङ, १७ माघ । बचत तथा ऋण सहकारी संस्था लि. को छाता संघ नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) का नवनिर्वाचीत अध्यक्ष तथा सञ्चालकहरुलाई लमजुङमा बधाई तथा सम्मान गरिएको छ ।

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालीकामा क्रियाशिल बचत तथा ऋण सहकारी संस्थाहरुले शुक्रबार एक कार्यक्रमका विच बधाई तथा सम्मान गरेका हुन ।

गत पौष ४ र ५ गते सम्पन्न नेफ्स्कूनको २८ औं वार्षिक साधारण सभाबाट निर्वाचीत अध्यक्ष परितोष पौड्याल, सञ्चालक चण्डिप्रसाद शर्मा पौडेल र कमला गिरीलाई उक्त कार्यक्रममा बधाई तथा सम्मान गरिएको हो ।

बधाई तथा सम्मान कार्यक्रममा सुन्दरबजार नगरपालीकाका नगरप्रमुख जनक मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले नवनिर्वाचित सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सहकारी संस्थाहरुले वित्तीय कारोवार संगसंगै सदस्यहरुलाई उत्पादनका क्षेत्रमा संलग्न गराउनुपर्ने धारणा राख्नुभएको थियो ।

 

सहकारी ऐनमा रहेका असजिला पक्षहरूलाई छलफलबाट हटाउन नगरपालीका तयार रहेको बताउँदै मिश्रले एकीकरण मार्फत सदस्यहरुलाई सम्पूर्ण वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्न सक्ने संस्था निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले सहकारी ऐन, नियम, सम्पत्ती शुद्धिकरण, स्थिरीकरण कोष, कर्जा सुरक्षा कोष लगाएतका सहकारी सम्वन्धी भईरहेका व्यवस्थाहरुको विषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सुन्दरबजार न.पा. को सहकारी ऐनका विषयहरु, स्थानीय तहहरुसंगको सहकार्य र संस्थागत शुशासनका विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सुन्दरबजार नगरपालीकाका उपप्रमुख ज्ञानु शाहा, नेफ्स्कून सञ्चालक कमला गिरी, जिल्ला बचत संघ लमजुङका अध्यक्ष दुर्गाभक्त धमाला, सुन्दरबजार नगरापालीकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम ऐभरेष्ट साकोसका अध्यक्ष रामवावु श्रेष्ठको अध्यक्षता, नेफ्स्कून फिल्ड कार्यालय लमजुङका सञ्चालक राम्जी कँडेलको स्वागत र ऐभरेष्ट साकोसका सचिव विष्णु कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर