रंगशाला निर्माणको लागि सहकारीहरूद्वारा आर्थिक सहयोग


चितवनमा अवस्थित सहकारी संस्थाहरूले मात्र ५० लाख  सहयोग गर्ने  प्रतिबद्धता

 

रामपुर । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन आइतबार देखी धनधान्याचल महोत्सव सुरु भएको छ । महोत्सवको चौथो दिन माघ २२ गते चितवनमा अवस्थित सहकारी संस्थाहरूले  निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् ।  केहि सहयोगी सहकारी संस्थाहरू;  सर्वशक्ति बचत तथा ऋण सहकारी संस्थाले ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ , फेन्सी बचत तथा ऋण सहकारी संस्थाले १ लाख १ हजार १ सय ११ रूपैयाँ, सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार ५ सय ५५ रूपैयाँ, अर्थगणेश बचत तथा ऋण सहकारी संस्थाले ५० हजार ५ सय ५५ रूपैयाँ त्यस्तै निलगिरी बचत तथा ऋण सहकारी संस्थाले ४२ हजार ४ सय ६५ रूपैयाँ बराबरको चेक सम्बन्धित सहकारी संघ, संस्थाका प्रतिनिधिहरूले हस्तान्तरण गरेका हुन ।

विभिन्न अन्य सहकारी संघ संस्थाले हिजो मात्रै २२ लाख ५० हजार जम्मा गरि सकेको र चितवनबाट मात्रै सहकारी संस्थाले ५० लाख पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । हिजो को कार्यक्रमको प्रमुख अतिथि माहासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बि. उप्रेती रहनु भएको र नेपाल भरिका सहकारीको तर्फबाट एउटा ब्लक निर्माणका लागि आब्हान गर्नु भएको थियो । हिजो नै नेफ्स्कूनका लेखा सुपरीवेक्षण समिति संयोजक नबराज सापकोटाले समेत व्यक्तिगत रुपमा ५१ हजार ५ सय ५५ रूपैयाँ सहयोग प्रदान गर्नु भयो ।

करिब ३ अर्ब लागतमा २ वर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भईरहेको छ ।

२६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवको निर्माणाधीन क्रिकेट रङ्गशालामा आयोजित भब्य समारोहमा चर्चित कलाकार ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) तथा २२ विधाका २२ जना ख्यातीप्राप्त खेलाडीहरुले आईतबार एकसाथ उद्घाटन गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर