मोरङ साकोसद्वारा झोला वितरण


मोरङ, माघ २३ । लेटाङ नगरपालिका–४, मोरङ स्थित मोरङ बचत तथा ऋण सहकारी संस्था लि. ले सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापमा सक्रिय हुँदै लेटाङ नगरपालिकामा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि झोला वितरण गरेको छ ।

 

सहकारी शिक्षा तथा सदस्यता विस्तार कार्यक्रम अन्तर्गत संस्थाले लेटाङ नगरपालिका भित्रका श्री शान्ति भगवती मा.वि., श्री महेन्द्र मा.वि. र श्री कृष्ण प्रा.वि. मा अध्ययनरत १ सय १० जना जेहेन्दार विद्यार्थीहरुलाई यही मिति २०७६ माघ ६ गते, १४ गते र १६ गते एक कार्यक्रमका बीच स्कूल झोला वितरण गरेको हो ।

  

साथै संस्थाले यहि मिति २०७६ माघ २६ गते श्री सूर्य प्रा.वि. लेटाड वडा नं. ५ र मिति २०७६ फागुन १७ गते श्री बाल विकास नि.मा. वि. लेटाड वडा नं. १ मा जेहेन्दार विद्यार्थीहरुका लागि झोला वितरण गर्ने कार्यक्रम राखेको जानकारी गराएको छ ।

 

यसका साथै समुदायका सबै बासिन्दाहरुको सुख दुखमा साथ र मानवीय सहयोग मार्फत सामाजिक भूमिका निर्वाह गर्दै आईरहेको यस संस्थाले आफ्ना विविध गतिविधि र बार्षिक क्रियाकलापहरु अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरी निःशुल्क औषधि वितरण साथै मोतियाबिन्दु भएका बिरामीहरुलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाई मानवीय सेवामा जुटेको जनाएको छ ।

वि.सं. २०५५ सालमा स्थापित यस संस्थाले कुल २७ सय ९९ सदस्यहरुमार्फत करिब २४ करोड पूँजी संकलन गरी विभिन्न वित्तीय तथा गैर वित्तीय कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भने नेफ्स्कूनद्वारा प्रबर्द्धित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा पनि सहभागी भएको छ ।

नेफ्स्कून खबरबाट


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर