आँबुखैरेनीमा फेरी थपियो नयाँ सहकारी


१ सय ४३ जना भुपू लाहुरेहरुको १ करोड ४३ लाख रुपैयाँ लगानीमा समाजसेवा साकोस सञ्चालनमा

चित्रा गुरूङ, फाल्गुन २ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकामा नयाँ सहकारी संस्था थपिने क्रम बढेको छ । आज मात्र आँबुखैरेनी बजारमा समाजसेवा बचत तथा ऋण सहकारी संस्था नामक नयाँ सहकारी सञ्चालनमा आएको हो । यो सँगै चालु आर्थिक वर्ष २०७६/०७७ मा मात्र ५ वटा नयाँ सहकारी सञ्चालनमा आएको छ ।

 

आँबुखैरेनी गाउँपालिकाले सहकारी ऐन २०७४ बमोजिम नयाँ सहकारी दर्ता सुरु गरेपछि ६ वटा सहकारी संस्था दर्ता गरिसकेको छ । सोहि क्रममा पछिल्लो पटक समाजसेवा बचत तथा ऋण सहकारी संस्था दर्ता भै आजबाट सञ्चालनमा आएको छ । सहकारीमा १ सय ४३ जना भुतपूर्व लाहुरेहरुको १ करोड ४३ लाख रुपैयाँ लगानी रहेको सहकारीका अध्यक्ष काजी कुमार गुरुङले जानकारी दिनुभयो ।

 

एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले रिबन काटेर संस्थाको उद्घाटन गर्नुभयो । सहकारीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भुतपूर्व लाहुरेहरुले सामाजिक सेवा भावले विगत देखि नै आँबुखैरेनीमा धेरै सामाजिक कामहरु गरि आएको स्मरण गर्दै सहकारी सञ्चालनबाट पनि थप सामाजिक कामहरु गर्न सफल होस् भनि अध्यक्ष थापाले शुभकामना व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष चिजा श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मदन खत्रीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर