सामाजिक न्याय, उद्यमशीलता र जलवायु परिवर्तनबारे राष्ट्रिय संवाद महाकालीबाट सुरु


महाकाली । सामाजिक न्याय, जलवायु परिवर्तन र स्थानीय उद्यमशीलतासम्बन्धी राष्ट्रिय संवाद एवम् प्रशिक्षण कार्यक्रम नेपालको पश्चिम सिमानामा रहेको महाकाली नगरपालिकाबाट सुरूवात भएको छ ।

 

सहकारी, स्थानीय सरकार एवम् विभिन्न तहका उपभोक्तासम्बन्धी सरोकारवालाहरूसँगको छलफल गर्दै अभियन्ताद्वय होमराज आचार्य र विपिन शर्माले सुरुवात गरेको उक्त अभियानको पहिलो कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारको अध्यक्षता एवम् उपमेयर चिनी गिरी तथा सम्पूर्ण वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायत स्थानीय उद्यमी, सहकारीका प्रतिनिधीहरू, बन उपभोक्ता समितिका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा गत वर्ष अभियन्ता होमराज आचार्यको सक्रियतामा छुवाछुत र जातिय विभेदकोव अन्त्यका लागि गरिएको महाकाली मेची पदयात्राको समीक्षा गर्दै पदयात्राले पारेका प्रभावबारे छलफल तथा अन्तरक्रिया गर्नुका साथै सामाजिक न्यायको मुद्दालाई समग्रतामा कसरी अगाडि बढाउने चर्चा गरियो । यसका साथै जलवायु परिवर्तन र स्थानिय उद्दमशिलताका लागि स्थानिय सरकार, सहकारी र अन्य संघसंस्थाहरूले कसरी समन्वय र सहकार्य गर्न सक्छन् भन्ने विषयमा गहन छलफल गरियो ।

 

स्थानिय सरकार, सहकारी र नागरिक समाजको सामुहिक प्रयासमा सबै स्थानिय तहमा कम्तिमा एकजना कार्यअनुपालक अधिकारी (Compliance Officer) तयार गर्ने सम्बन्धमा अभियन्ताद्वयले प्रस्ताव गर्नुभयो । पहिलो चरणमा यस अभियानलाई सुदुरपश्चिमका स्थानिय तहमा सम्पन्न गर्दै देशव्यापी रूपमा अगाडि बढाईने अभियन्ताहरूले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर