मेरो विचारमा देशमा मुख्यतः दुई प्रकारका सहकारी हुनुपर्छ,


#सहकारी_१

यस्ता केही सहकारी जहाँ लाखौं लाख सदस्यहरु भएका होउन्, जसको कार्यक्षेत्र धेरै जिल्लाहरु वा प्रदेश समेटिएको होस्। कुल सम्पत्ति खरबौंको होस् र सबै क्षेत्रमा आफ्ना सदस्यको सहज पहॅुचका सेवाकेन्द्र रहेका होउन् । राष्ट्रिय गौरवका वा सदस्यका शिक्षा, स्वास्थ्य वा दैनिक आवश्यकता सम्वन्धीका ठूला ठूला परियोजनाहरु सञ्चालन गरेका होउन् । आफ्ना सदस्यका हर आवश्यकता पूरा गर्न सक्षम होउन् देशको कुनै विषयको परिचय सहकारीले बोलोस् अन्य देशका लागि एउटा उदाहरण बनोस्।

 

#सहकारी_२

यस्ता सहकारी जसको आकार सानै होस्, जहाँ कुनै विशेष भू-भाग भित्र, विशेष वर्ग वा समुदायमा, एकैखाले पेशा, उद्देश्य र मिल्दोजुल्दो आर्थिक अवस्थाका व्यक्तिहरुले आवश्यकताका आधारमा खोलिएको होस्। सहकारीकै माध्यमबाट उनिहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकास भएको होस्, सहकारीकै माध्यमबाट उत्पादन र व्यवसायिकतामा जोड दिइएका कारण स्थानीय स्तरमै रोजगारीको सिर्जना भएको होस्। सदस्यको एकै स्तरले आर्थिक हैसियतमा देखिने खालको परिवर्तन भएको होस्…..प्रकाश भुर्तेल  


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी र यकान्तबास
सिम्रिकको सदस्य बाख्रा पालन गर्दै
ब्राइट सहकारीकाे नयाँ प्रयाेग
सहकारीलार्इ फोर्स मर्जरमा लैजानुकाे विकल्प छैन