को-अपरेटर्स एलाइन्स काठमाडौं क्षेत्र नंः ४ को अधिवेशन सम्पन्न


काठमाडौं, ९ फागुन । लोकतन्त्रवादी सहकारीकर्मीहरुको छाता संगठन नेशनल को–अपरेटर्स एलाइन्स नेपाल, काठमाडौं क्षेत्र नंः ४ को क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । काठमाडौंको कपनस्थित नमस्ते नेपाल मार्टमा आयोजित उक्त प्रथम अधिवेशनमा प्रमुख अतिथिको मन्तव्य राख्दै काठमाडौं क्षेत्र नंः ४ का सांसद गगनकुमार थापाले नेपाली कांग्रेसलाई बलियो बनाउन एलाइन्सले ठूलो योगदान दिन सक्ने बताउनुभयो ।

संविधानसभाका सभासद रामहरी खतिवडाले सहकारी जनसमुदायमा काम गर्ने क्षेत्र भएकोले कांग्रेस निकट सहकारीकर्मीहरुको यस संगठनले पार्टी र जनतालाई अझै नजिक बनाउने बताउनुभयो ।

एलाइन्सका काठमाडौं जिल्ला अध्यक्ष पुष्प पौडेलले बहुउद्देश्यीय केन्द्रीय संघको अग्रसरता र एलाइन्सको सहभागितामा अर्को सहकारी बैंक खोल्ने तयारी भएको बताउनुभयो ।

एलाइन्स क्षेत्र नंः ४ का संयोजक विपिन शर्माले काठमाडौंको अभियान क्षेत्र नंः ४ को अग्रसरतामा शुरु भएको र यो क्षेत्रले आफ्नो सक्रियतालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सहकारीमा कुनै गुटगत क्रियाकलापलाई प्रश्रय नदिई एकतामा जोड्न पार्टी नेतृत्वले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

अधिवेशनबाट निर्विरोध निर्वाचित १३ जना पदाधिकारी एवम् सदस्यहरुको नाम घोषणा निर्वाचन समितिका संयोजक लेखनाथ दाहालले गर्नुभयो ।

नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुको नाम यसप्रकार रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
आमा समूहद्वारा सहकारी सञ्चालन
महासंघद्वारा सचिव न्यौपानेको स्वागत
चितवन जिल्ला बचत तथा ऋण सहकारी सघं लिं को २३ औँ बार्षिकोत्सब सम्पन्न