भान्छा नै औषधालय विषयक अभिमुखिकरण तथा सहकारी गोष्ठी कार्यक्रम सम्पन्न


मकवानपुरको बकैया गाउँपालिकामा बस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघले भान्छा नै औषधालय भन्ने मुख्य नाराका साथ अभिमुखिकरण कार्यक्रम फागुन ८ गते सम्पन्न गरेको छ । बकैया गाउँपालिकाले  आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता पालिकाका कार्यकारी अधिकृत लक्षुमण पुडासैनीले गरेका थिए ।

अर्गानिक बकैया गाउँशहर माटो र वायुमा शून्य जहर नामक नारा दिईएको उक्त कार्यक्रममा बकैयाका २२ सहकारी संस्था तथा १० कृषक एवम् आमा समुहका प्रतिनिधि गरि करिब ६० जनाले सहभागीता जनाएका थिए । सो कार्यक्रममा बकैया गाउँपालिका वडा न. ५ का  वडाअध्यक्ष शेरमान गोले तथा सहभागिको तर्फबाट नमुना प्राङ्गारिक कृषि सहकारीका अध्यक्ष अमृत सुवेदीले आफ्नो धारणा राखेका थिए ।

लगत्तै सोही सभाहलमा भएको सहकारी गोष्ठीमा विषयगत सहकारीको कार्य सुधार तथा समन्वयको  लागि गाउँपालिका सहकारी समन्वय संजालका संयोजक सिताराम दाहालको पहल तथा नारायण घिमिरेको संयोजकत्वमा ५ सदस्यीय कृषि सहकारी संजाल तथा जरिमाया वाइबाको संयोजकत्वमा बहुउद्देश्यीय सहकारी संजाल गठन भएको छ ।

गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रमका सहभागीले यो र यस्ता कार्यक्रमले बकैयामा पनि अब प्राङ्गारिक खेतिको थालनी हुने विश्वास पलाएको धारणा व्यक्त गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?