सम्पत्ति शुद्धिकरण निवारण तथा जोखिम विश्लेषण तालिम सम्पन्न


भक्तपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको  सम्पति शुद्धिकरण निवारण तथा जोखिम विश्लेषण तालिम  फाल्गुन ८ गते सम्पन्न भएको छ ।

 

सो तालिमको समापनमा सम्बोधन गर्दै सुर्यविनायक नगर प्रमुख बासुदेव थापाले भक्तपुरका सहकारी सदस्य केन्द्रीत रहेको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा सहकारी क्षेत्रका लागि ३० लाख बजेट विनियोजन गरेको बताउँदै जिल्ला सहकारी संघ लि. भक्तपुरलाई कार्यक्रम सञ्चालन गर्नका लागि ४ लाख अनुदान दिने घोषणा गर्नुभयो ।

 

सोही अवसरमा अगुवा सहकारीकर्मी तथा नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले तालिममा सिकेको कुरा आ–आफ्नो सहकारी संस्थाहरु फर्केर लागु गर्नुपर्ने बताउँदै अध्ययन तथा अनुसन्धान गर्ने र अभिलेख राख्ने काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपाल राष्ट्र बैंकका उपनिर्देशक स्वरुप श्रेष्ठ, विनय सिग्देल र पूर्व निर्देशक श्यामकृष्ण दाहाल, रामसूदन तिमल्सिनालगायतले तालिममा सहजीकरण गरेको महासंघका कार्यक्रम अधिकृत अमित अधिकारीले बताए ।

 

तालिमको अन्तिम दिन सूर्यविनायक नगरपालिका प्रमुख थापाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । भक्तपुरको सुर्यविनायकमा फाल्गुन ७ र ८ गते सञ्चालन भएको तालिमको संयोजन जिल्ला सहकारी संघ लि.भक्तपुर तथा सहयोग सहकारी विभागले गरेको थियो ।

सो तालिममा भक्तपुर जिल्लामा सञ्चालित विभिन्न सहकारी संस्थाका पदाधिकारीहरूको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर