पल्रस(PEARLS) अनुगमन प्रणाली तालिम सम्पन्न


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा भएको पल्रस अनुगमन प्रणाली तालिम सूर्यविनायक रिर्सोट, घलाँटें भक्तपुरमा सम्पन्न भएको छ ।  फाल्गुण ११ र १२ गते, दुई दिन संचालन भएको उक्त पल्र्स तालिमको समापन समारोहमा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै संघले सदस्य संस्थाहरुलाई पल्र्स अनुगमन प्रणालीको जानकारी गराई संस्थाको वित्तीय स्वस्थता संस्था स्वयम्ले मापन गर्न सकोस भन्ने हेतुले हरेक बर्ष यस तालिमको आयोजना गर्दै आएको कुरा बताउनुभयो ।

संघका कोषाध्यक्ष एवम् वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छा भक्त घजुले संस्था सक्षम भए नभएको विषयमा नियमित परीक्षण गरी सो को परिणामको आधारमा संस्थाको काम कारवाहीमा अपनाउनुपर्ने सावधानी तथा योजना तर्जुमा गर्न पल्र्स अनुगमन प्रणाली अवलम्बन गर्नु पर्ने विचार राख्दै सिकेका कुराहरु व्यवहारमा अपनाउनुपर्ने विचार राख्नुभयो ।

वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले धन्यवाद मन्तव्य सहित अन्तर्राष्ट्रिय स्तरमै प्रमाणित र नियामक निकाय सहकारी विभागद्वारा जारी मापदण्डमा समेत अनिवार्य गरिएको पल्र्स अनुगमन प्रणाली बचत तथा ऋण कारोबार गर्ने सबै सहकारी संस्थाले अनिवार्य अवलम्बन गर्नुपर्ने भएकोले बचत तथा ऋण सहकारी संस्थाले यस प्रणालीको ज्ञान राख्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजु र शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत राधेश्याम दुवालले प्रशिक्षण दिनुभएको सो कार्यक्रममा सदस्य संस्थाहरुबाट ३१ जनाको सहभागीता रह्यो । सहभागीको तर्फबाट दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्था लि.का शोभा हेका, नमूना बचत तथा ऋण सहकारी संस्थाका ममता पराजुली, भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्था लि.का चंचली कर्माचार्य र बेखाल बचत तथा ऋण सहकारी संस्थाका विशाल सिमांक लगाएतले तालिम प्रभावकारी रहेको कुरा बताउनुभयो । वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजाराम गोसाईले समापन कार्यक्रम संचालन गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर