सिवाईसी साकोसद्वारा सहकारी अध्ययन अवलोकन भ्रमण सम्पन्न


१४ फागुन २०७६, बागलुङ ।

बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी संस्था र नवलपुरको गैंडाकोटमा रहेका दुई वटा सहकारी विच अन्तरक्रिया तथा स्थलगत अवलोकन गरिएको छ ।

सिवाईसी साकोसका सञ्चालक तथा शेयर सदस्य र एशियालीस्तरको ब्राण्डप्राप्त किसान साकोस गैंडाकोट र गैंडाकोट स्वाभीमान साकोसका व्यवस्थापक विच अन्तरक्रिया भएको हो ।

कार्यक्रममा सिवाईसी साकोसको बारेमा संस्थाका सहसचिव तथा भ्रमण दलका संयोजक सुवास आचार्य र किसान साकोसको बारेमा लघुवित्त प्रमुख प्रेम अधिकारी र गैंडाकोट स्वाभीमान साकोसका बारेमा प्रवन्धक रामचन्द्र सुवेदीले जानकारी गराउनु भएको थियो ।

सहकारीको अवलोकन गरी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ भ्रमण तथा स्थलगत अवलोकन गरी अन्तरक्रिया गरिएको थियो ।

अवलोकनको क्रममा संस्थाका प्रतिनिधीले आ-आफ्नो सहकारीको प्रगति तथा अनुभववारे जानकारी गराएका थिए । सहकारीहरुवीच मैत्रीपूर्ण सम्वन्ध र आपसी सदभाव कायम गर्न भ्रमणले सहयोग पुग्ने र सिकाई अनुशरण प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?