पूर्व मुख्य न्यायाधीश पोखरेलको अध्यक्षतामा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन


फागुन १५ गते बसेको मन्त्रिपरिषद वैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा उच्च अदालत, दिपायलका पूर्व मुख्य न्यायाधीश कुमार प्रसाद पोखरेल सहित चार व्यक्तीलाई नियुक्ति तथा मनोनयन गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले पोखरेलको अध्यक्षमा नयाँ समिति गठन गरिएको जानकारी दिनुभयो ।

 

समितिको सदस्यमा राष्ट्रिय सहकारी महासंघले तोकेको प्रतिनिधि टिका बुढाथोकी , सहकारी क्षेत्रको विज्ञ -सदस्यमा ममता देवी शर्मा उपाध्याय र सहकारी क्षेत्रको विज्ञ -सदस्य सरस्वती देवी भट्टराई रहेका छन् । व्यवस्थापन समितिको पदाधिकारीको पदावधि नियुक्तिको मितिले बढीमा दुई वर्ष हुने तथा नेपाल सरकारले आवस्यकताअनुसार निजहरूको पदावधि बढीमा दुई वर्षसम्म थप गर्न सक्ने प्रावधान रहेको छ।

 

सहकारी ऐन २०७४ अनुसार उच्च अदालतको न्यायाधीश भैसकेको वा सो सरहको पदका काम गरिसकेको न्याय सेवाको विशिष्ट श्रेणीमा काम गरिसकेको व्यक्ति समितिको अध्यक्ष बन्न सक्ने प्रावधान तोकिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर