जातीय विभेदलाई राष्ट्रिय प्राथमिकताको मुद्दा बनाउनुपर्ने ; अभियन्ता आचार्य


काठमाडौं, फागुन १६ । नेपालमा जातीय विभेदलाई अन्त्य गर्न राष्ट्रिय प्राथामिकताको मुद्दा बनाउनुपर्ने कुरा सामाजिक न्याय एवम् जातीय विभेद र छुवाछुतको व्यवहारिक अन्त्यका लागि भएको पदयात्राका अबधारणाकार एवम् अभियन्ता होमराज आचार्यले बताउनुभयो । सामाजिक न्याय एवम् जातीय विभेद र छुवाछुतको व्यवहारिक अन्त्यका लागि भएको पदयात्रा बारे आज काठमाण्डौँको शकंर होटलमा कल्चरल स्टडिज ग्रुप अफ नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उक्त कार्यक्रममा आचार्यले पदयात्राको अनुभव, जातिय विभेद र छुवाछुतको वर्तमान अवस्था यसका समाधानका उपाय एवम् राष्ट्रिय रुपमा सहकार्य गर्नका लागि ग्रासरुट तहबाट नेपालीहरुले नै लाग्नुपर्नेकुरा बताउनुभयो ।

। जातीय विभेद र छुवाछुतको मुद्दा कानूनी रुपबाट अन्त्य गरिएको भएपनि व्याबहारिक रुपबाट अन्त्य गर्न धेरै मेहेनत गर्नुपर्ने र यसको अन्त्य गर्न एक समुदायलाई दोष नथोपरी राष्ट्रिय चासो र चिन्तनको बिषय बनाई हरेक व्यक्तिले आफ्नो ठाँउबाट पहल गर्नुपर्ने कुरामा उँहाको जोड रहेको थियो । एक घण्टा सम्म चलेको कार्यक्रममा सहभागिहरुले विभिन्न प्रश्नहरु राखेका थिए ।

 अब यो आन्दोलन दोश्रो चरणमा प्रवेश गरिसकेको र अव सहकारी एवम नागरिक समाजका अगुवा राजनितिक श्रष्टाहरुले घरदैलो कार्यक्रम गरी व्यबहारिक रुपमा नेपाली संस्कृतिलाई कलङकित गर्ने यो अमानबिय चलनको अन्त्य गर्नुपर्दछ भन्ने उँहाको निश्कर्ष थियो ।

उक्त कार्यक्रममा विभिन्न नियोगका प्रतिनिधिहरु वाइल्याटरल एवम मल्टील्याटरल संस्थाका प्र्रतिनिधिहरु विभेद बिरुद्धका अभियान्ताहरु एवम् सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?