वित्तीय साक्षरता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न


पनौती, काभ्रे । “समानताको पुस्ताः अन्त्य गरौं, हिंसा विभेद र असमानता” भन्ने मुल नाराका साथ ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौती ४ टौखालको महिला विकास उप समितिको आयोजनामा वित्तीय साक्षरता सम्बन्धी एक दिने अभिमुखिकरण  कार्यक्रम संस्थाको मुख्य कार्यालयको सभा हलमा फाल्गुन १७ गते शनिवार, संचालक सदस्य तथा महिला उप समिति संयोजक जमुना सापकोटाको सभाध्यक्षता तथा पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

 

मन्तव्यका क्रममा प्रमुख अतिथी बन्जाराले मार्च ८ (नारी दिवस) वर्ष भरी पसिना बगाएर एक दिन हर्ष र उल्लासका साथ मनाउन दिएको अवसर हो । महिला र पुरुष सम्मान हुन भने पुरुष र महिलाको श्रमको मुल्य समान हुनुपर्ने कुरामा जोड दिनुभयो  । महिला हक र अधिकार, महिला र मानव अधिकार, महिला र स्वास्थ सम्बन्धमा सामुदायिक साकोसले पनि नगरपालिकासंग सहकार्य गर्न उहाँले अनुरोध गर्नु भयो । हाम्रो बचतको सही सदुपयोग गर्ने, बचतमा व्याज, ऋणमा दिगोपना, आत्म सन्तुष्टि दिने सहकारीलाइ रोज्न अनुरोध गर्दै एक सहकारी एक सदस्य नितिलाइ साथ दिन अनुरोध गर्नु भयो । पनौती नगरपालिकाले प्रदान गर्दै आएको सेवा र सुविधाहरुका बारेमा बन्जाराले जानकारी गराउनु भयो । सिकेको ज्ञान आफुमा मात्र सिमित नगरी  ज्ञान बाढ्नुस, ज्ञान बाडे मात्र बढ्छ, उपस्थित तपाईं हामीले पनि दिनभर सिकेको वित्तीय साक्षरतालाई आफूमा लागु गर्नुपर्ने र अरुलाई बाढ्नु पर्ने विचार प्रमुख अतिथि बन्जाराले राख्नु भएको थियो ।

 

कार्यक्रममा  सामुदायिक साकोसले प्रदान गर्दै आएको बस्तु तथा सेवाको बारेमा बचत अधिकृत भक्त बहादुर श्रेष्ठले जानकारी गराउनु भएको थियो । काभ्रे जिल्ला भर कार्यक्षेत्र भएको २५ हजार भन्दा बढि सदस्यहरुलाई स्थानिय स्तरमै गुणस्तरिय सेवा प्रदान गरिरहेको संस्थाले सदस्य केन्द्रित कार्यक्रमहरु अगाडि सारेको जानकारी गराउनु भएको थियो ।

 

 वित्तिय साक्षरताको कक्षा संचालन सुमधुर गीतबाट सुचारु गर्दै समूह परिचालन अधिकृत योग बहादुर सापकोटाले बोल्ने अधिकार पाइयो, डुल्ने घुम्ने फिर्ने अधिकार पाइयो तर पैसा माथिको अधिकार भने महिलाहरुलाई कम भइरहेको अहिलेको परिवेसमा, माइकमा ठुला कुरा बोल्ने मात्र होइन व्यवहारमा नै लागु गर्न अनुरोध गर्नु भयो साथै महिला दिवसको शुभकामना दिनुभएको थियो । वित्त भनेको के हो, त्यसको प्रयोग कहाँ कसरी गर्ने, पैसाको अनेक रुप, जिवन चक्र, आवश्यकता र चाहाना पूरा गर्ने उपायहरु, वित्तीय साक्षरताको महत्त्व, वचत, ऋण, विमा, विप्रेशण, खर्चका प्रकार, बजेट आदिका  बारेमा अन्तरकृयात्मक रुपमा जानकारी गराउनु भएको थियो।

 

संस्थाका अध्यक्ष प्रकाश बन्जाराले कार्यक्रमको अन्तरालमा उठेको प्रश्नको उत्तर दिदै अहिले महिलाहरु पनि आत्मनिर्भर भइसकेको तथा महिलाहरुलाइ आत्मनिर्भर हुन सिपमूलक तालिम सामुदायिक साकोसले गरि रहेको तथा आगामी दिनमा महिला लक्षित सिप मूलक तालिमहरु अझै संचालन गर्ने प्रतिवद्दता जनाउनु भयो साथै महिला दिवसको उपलक्ष्यमा सबै दिदि बहिनीहरुलाइ शुभकामना दिनु भयो । कार्यक्रममा जीवन सुरक्षा बचत खाता खोल्नु भएको सदस्य दुर्गा अर्याल लाई उपचार खर्च सोधभर्ना बापतको  रकम उपलव्ध गराईएको थियो ।

 

महिला विकास उपसमिति सदस्य  रञ्जु सापकोटाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संचालन लेखासमिति सदस्य मिना श्रेष्ठले गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?