माता बागेश्वरी सहकारीद्वारा निःशुल्क माक्स वितरण


बाँके । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नकालागि सहकारीको कार्यालयमा आउने शेयर सदस्य र कर्मचारीहरुलाई निःशुल्क माक्स वितरण गर्ने जनाएको छ ।

संस्थाका अध्यक्ष रसीद अहमद कुरेसीले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको  र नेपालगन्ज पनि संक्रमण हुन सक्ने शहरको रुपमा रहेको हुदा सचेतना र सर्तकताका लागि माक्स वितरण गर्न लागेको बताउनुभयो ।

यसरी सबै संघ संस्थाले आ–आफ्नो ठाँउबाट सर्तकता र सजगता अपनाएको खण्डमा सबै सुरक्षित हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

संस्थामा सेवा लिन आउने र बचत संकलन गर्ने कर्मचारीहरुका लागि पनि अनिवार्य माक्सको प्रयोग गरिएको संस्थाका प्रबन्धक अम्बीका काफ्लेले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर