भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवमा केदार न्यौपाने नियुक्त


काठमाडौं, २१ फागुन
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवमा केदार न्यौपाने नियुक्त हुनुभएको छ ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्य गौतम सरुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुनुभएपछि न्यौपाने सो ठाँउमा नियुुक्त हुुनुुभएको हो। न्यौपाने यस अघि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतको रुपमा हुनुहुन्थ्यो । न्यौपाने मन्त्रालयमा आएपछि सहकारी क्षेत्र उत्साहित भएका छन् ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेसहित ६ सचिवको सरुवा, नयाँ एक सचिवको पदस्थापन र एक कामु सचिवको पदस्थापन गर्ने निर्णय गरेको थियो ।


त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा,तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा हुनुभएको छ ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चन्द्र घिमिरेलाई ल्याइएको हो ।
यसै गरि नयाँ बढुवा भएका सचिव एकनारायण अर्याललाई बैठकले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकरी अधिकृतमा पदस्थापन गर्नुुका साथै कामु सचिवमा बढुवा भएका सहसचिव रामशरण पुडासैनीलाई अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारी तोकिएको छ।
सरुवा र पदस्थापन भएका सबै सचिवले मंगलबार पत्र बुझेका थिए।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?