संमृद्ध समाज निर्माणमा सहकारी अभियान प्रवीण सापकोटा


सहकारी ऐन २०४८ देखि सहकारीको ब्यापकता र सबै नेपालिको पहुँचमा सहकारी अभियान सुरु भएको पाइन्छ । तेति बेला देखि हालसम्म ३०हजार भन्दा बढी सहकारीहरु दर्ता भइ संचालनमा रहदा सम्म अझैपनी उत्पीडित र पछाडि परेका आर्थिक बिपन्न समुदायमा सहकारिको पँहुच नपुगेको पाइन्छ ।
३० औ बर्षको अन्तरालमा पनि सहकारिले सबै तह र बर्गका मानिसहरुलाइ बित्तीय सेवा पहुँचमा ल्याउन नसकिरहेको अवस्था छ । त्यसैले समुदायहरुमा सहकारिको चेतना अभिवृद्धि गर्नका साथै समतामुलक आर्थिक समृद्धि ल्याउन सहकारी शिक्षा अभियान संचालन गर्नुपर्ने टट्कारो आवश्यकता महसुस भएको छ।
नेपाल सरकारको समृद्ध नेपाल ,सुखी नेपालीको राष्ट्रिय नारालाइ सफल पार्न हरेक नेपाले आर्थिक उन्नती नगरी देश समृद्ध नहुने हुनाले आर्थिक उन्नतीका लागि प्रत्येक ब्याक्तीले आफ्नो आम्दानिको केही हिस्सा भबिस्यको लागि बचत गर्नु र केहि थप आए आर्जनको लागि उत्पादन मुलक कार्यमा लगानी गर्नु जरुरी हुन्छ । सोका लागि सहकारी संस्थाहरुको आवश्यकता पर्दछ ।
सहकारी भनेको सबैका लागि एक र एकका लागि सबै भएकोले जनसमुदायमा औपचारिक बित्तीय पहुँच अभिवृद्धि गर्न सहकारीले जनता माझ आफ्नो सेवा बिस्तार गर्नु, नागरिकलाई बचत गर्न उत्पेरित गर्नु ,सिपमुलक तालिम मार्फत आय आर्जन वृद्धिका लागि अग्रसर गराउने कार्य मार्फत समुदायको आर्थिक वृद्धिमा महत्वपूर्ण भुमिका खेल्न पर्दछ ।
अहिलेको वास्तविक यथार्थ के देखिन्छ भने गरिबी निवारण सम्बन्धि जतिपनि कार्यक्रमहरु भएका छन ती कार्यक्रमहरु लक्षित बर्गमा पुग्न नसकी रहेको बेला सहकारिहरुले त्यस्ता बर्गलाइ समेट्दै पुंजि अभावका कारण निष्क्रिय रहेका जनशक्ति समेटेर आयमुलक एवम् ब्यबसाय मुलक कार्यमा लाग्न प्रेरित गर्न सहकारीले मुख्य भुमिका खेल्नु पर्दछ ।
नेपालमा अझै धेरै प्रतिशत जनता गरिवीको रेखामुनी हुनु ती जनतालाई २र३ महिनासम्म पनि खान नपुग्नु दुखद कुरा हो । थोरै जग्गा भएकाले र काम पनि उचित तवरले नपाइने ,काम पाई हालेपनी उचित पारिश्रमिक नहुने यस्ता बर्गहरु सधैँ पछाडि धकेलिने गरेका छन् । नेपालमा पछिल्लो समय देशमा व्याप्त गरिवी निवारण सम्बन्धि थुप्रै कार्यक्रमहरु गरिएपनि गरिब माथि उठ्न सकिरहेका छैनन् । यस्ता समुदायमा सहकारीको पहुँच पुर्याइ सहकारिले उनिहरुको उन्नतिमा महत्त्वपूर्ण भुमिका खेल्न सक्दछ । सहकारी मार्फत गरिबी निवारण संभव पनि छ र यसले गरिबी निवारणमा अंहम भूमिका पनि खेलेको छ । यद्यपी सहकारीमा धेरै विकृती विसंगति पनि भइ रहेका छ्न । सहकारीलाई केही व्यक्तिहरुले कम्पनी अनुरुप चलाउन खोजेका छ्न । त्यस्ता व्यावसायिक रुपमा चलेका सहकारीहरु लाई हटाउन सके मात्र सहकारीले गरिवी निवारण र ब्याक्तीको आर्थिक रुपान्तरणमा बाटो देखाउन सक्छ । आज मान्छे रोजगार नपाएर छटपटाइरहेका छन् । रोजगार सिजर्ना हुन नसक्नु पनि नेपालको ठूलो समस्या बन्दै गइरहेको छ । सहकारीले रोजगारी का साथै स्वरोजगार सिजर्ना गर्न सक्छ ।
अहिले सहकारीमा ४० लाख भन्दा बढी जनता आबद्व भइसकेका छन् भने ५० हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा सहकारी मार्फत उद्यमशीलता गर्नेको संख्या पनि बड्दै गएको छ । सहकारी रास्टिय अर्थतन्त्रको एउटा दरिलो खम्बा हो । जसले बिकास र समवृद्धिमा महत्वपूर्ण भुमिका खेल्दछ ।

प्रवीण सापकोटा
मन्डन देउपुर साकोस
काभ्रे,


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
आमा समूहद्वारा सहकारी सञ्चालन
महासंघद्वारा सचिव न्यौपानेको स्वागत
चितवन जिल्ला बचत तथा ऋण सहकारी सघं लिं को २३ औँ बार्षिकोत्सब सम्पन्न