सहकारी संस्थाहरु द्धारा अध्यायन तथा अवलोकन भ्रमण


बागलुङ, २७ फागुन २०७६ जिल्ला स्थित सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लि जुगेडी चितवन र श्री नारायण बचत तथा ऋण सहकारी संस्था लि. सुर्यविनायक भक्तपुरबाट बागलुुङ स्थित सहकारीहरुको स्थलगत अवलोकन भ्रमण भएको छ ।

जुगेडी चितवन स्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लि. र भक्तपुर स्थित श्री नारायण बचत तथा ऋण सहकारी संस्था लि. द्धारा संस्थाको स्थलगत अवलोकन भएको थियो । अवलोकनका क्रममा ३ वटा संस्था बिच अन्तरकृया तथा अनुभव आदान प्रदान समेत भएको छ ।

अन्तरक्रियाका क्रममा मित्रमिलन साकोस जुगेडी चितवनको तर्फबाट संस्थाका अध्यक्ष श्री वालकुमार श्रेष्ठज्युले र श्री नारायण साकोस भक्तपुरको तर्फबाट संस्थाका उपाध्यक्ष श्री लक्ष्मण खत्रीज्युले भ्रमणको उपलव्धीका साथै आआफ्नो संस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सिवाईसी साकोसले हाँसील गरेका उपलब्धी, संस्था सञ्चालन प्रकृया र समग्र सहकारी अभियानका बारेमा प्रशिक्षणात्मक प्रस्तुतीकरण संस्थाका अध्यक्ष श्री चण्डिप्रसाद शर्मा पौडेलज्युले गर्नुभएको थियो ।

६२ जनाको उपस्थिती रहेको कार्यक्रको सञ्चालन संस्थाका प्रबन्धक श्री नवराज शर्माज्युले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रिलायवल बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
सहकारी डबली ४० मा ‘स्थानियता र सहकारी’ विषयमा छलफल
सहकारीको २५ वर्षे रणनीति तयार
२२औँ स्थापना दिवसमा लालिगुराँस सहकारीद्वारा एटिएम सेवा सुरुवात