चितवन जिल्ला बचत तथा ऋण सहकारी सघं लिं को २३ औँ बार्षिकोत्सब सम्पन्न


चितवन फागुन २९ , चितवन जिल्ला बचत तथा ऋण सहकारी सघं लिं को आफ्नै भबनमा २३ औँ बार्षिकोत्सब सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमूूख अतिथि नेफ्कुुन कि उपाध्यक्ष शान्ति अधिकारीले संघ को बिकास र प्रबर्द्धनका लागि नेफ्स्कुनले जिल्ला संघ लाई बिगतमा व्यबसाय बिकास कार्यक्रम मार्फत प्रशासनिक र प्राबिधिक सहयोग गरेको स्मरण गराउदै जिल्ला संघले सदस्य संस्थालाई स्तरिकरण कार्यक्रम मा सहभागी गराउदै शुशासनका माध्यम ले अभियान लाई अगाडि बढाउदै नेफ्स्कुन संगको साझेदारी कार्यक्रम मा उत्कृष्टता हासिल गर्न सुझाव दिनु भयो ।

संस्थापक सचीव तथा नेफ्स्कुन संयोजक नबराज सापकोटाले संघ स्थापना गर्दा को इतिहास राख्दै आज भन्दा २३ बर्ष पहिले जिल्ला सहकारी कार्यालय को प्राङ्गणमा तेजेन्द्र खड्का,रामचन्द्र कट्टेल जि र नबराज सापकोटा बीचको छलफल बाट नै तत्कालीन अबस्थामा दर्ता रहेका १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये ९ वटा सघं,संस्थाको प्रतिनिधित्व गर्दै स्थापना गरेको चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ ले यो अबधिमा संघ ले विशेष गरि २०७० देखि नेफस्कुन मार्फत एच्इद्यब्त्क्ष्इल् कार्यक्रम नारायणी क्लस्टर सुरुवात गराउन प्रदान गरेको प्रेरणा अहिले गुणस्तरीय सुनिश्चित अभियान मा देश भरी नै लोकप्रिय रहेको बताउनु भयो।


सोहि अबसरमा बोल्दै संघ कि उपाध्यक्ष बिध्या कोइरालाले स्वागत मन्तव्य राख्नुुका साथै, संस्थापक अध्यक्ष सोमराज खनिया, जिल्ला सहकारी संघ का उपाध्यक्ष हरि पौडेलले बधाइ तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।


आज भन्दा २३ बर्ष पहिले जिला सहकारी कार्यालय भरतपुरको प्राङ्गणमा तेजेन्द्र खड्का, रामचन्द्र कट्टेल र नबराज सापकोटा बीचको छलफल बाट तत्कालीन अबस्थामा दर्ता रहेका १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये ९ वटाको प्रतिनिधित्व गर्दै संस्था स्थापना भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
आमा समूहद्वारा सहकारी सञ्चालन
महासंघद्वारा सचिव न्यौपानेको स्वागत
उपासना महिला सहकारी द्धारा कोेरोना भाइरस सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन