आमा समूहद्वारा सहकारी सञ्चालन


१२ प्रतिशत ब्याजदरमै ऋण लगानी

 

ताङतिङ । मादी गाउँपालिका २, ताङतिङमा रहेको आमा समूहले अन्नपुर्ण महिला बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्दै आएका छन् । वि.स. २०५५/५६ सालबाट सदस्यहरूसंग २०/२० रुपैयाको दरले रकम उठाई बचत गर्न थालेको र वि.स. २०६२ सालमा सहकारीको रूपमा दर्ता गरेको संस्थाका कोषाध्यक्ष रोशमाया गुरूङ बताउनुहुन्छ । करिब २०० घर रहेको ताङतिङ गाउँको १७० जना संस्थाका शेयर सदस्य रहेका छन् । सुरूका दिनमा सदस्यहरूमाझ सहकारीको महत्त्व र यसको आवश्यकताको बारेमा बुझाउन नसक्दा सहकारी सञ्चालन गर्न निकै कठिन रहेको कोषाध्यक्ष गुरूङ बताउनुहुन्छ । उक्त सहकारीले वर्षेनि प्रशिक्षक लगेर विभिन्न विषयवस्तु सम्बन्धि प्रशिक्षण दिने गरेको, महिलाहरूलाई सिप मुलक तालिम प्रदान गर्ने गरेको, उभिएर बोल्न समेत नसक्ने महिलाहरूलाई आफ्नो परिचय दिन सक्ने बनाएको र सामाजिक काममा समेत निकै अग्रसर रहेको छ अन्नपुर्ण साकोस । हाल मासिक २०० रूपैयाको दरले बचत गर्दै आएको  उक्त संस्थाले ऋण पनि तिन महिना भित्र तिर्नु पर्ने गरि सस्तो ब्याजदर १२ प्रतिशतमै दिने गरेको छ । संस्थाको कुल पुँजी २० लाख पुगेको  र उक्त सहकारीले महिला भवन समेत निर्माण गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
महासंघद्वारा सचिव न्यौपानेको स्वागत
चितवन जिल्ला बचत तथा ऋण सहकारी सघं लिं को २३ औँ बार्षिकोत्सब सम्पन्न
उपासना महिला सहकारी द्धारा कोेरोना भाइरस सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन