“संकट अघि र पछिको सहकारी भुमिका”


-सुष्मा आचार्य-

ढुङ्गे युग, कृषि युग हुदै औधोगीक युगसम्म आइपुग्दा विश्वमा विकासको गतीले बिकाशसिल परिवेशको सृजना गरिरहेको थियो । आधुनिक औजारहरु, मेसिनरी सामाग्रीहरु, अत्याधुनिक कार्यशैलीको आविस्कार भइरहेको थियो भने अर्कोतर्फ मानिसलाई चुनौतीको अनगिन्ति पदचाप छोडिरहेको थियो जसको कारणबाट मानिसले अस्थित्व जोगाउनको निम्ति संघर्षको सामाना गर्नु पर्ने स्थितिमा समय फेरिंदै थियो । सन् १८४४ मा बेलायतको, रोचडेलमा त्यस्तै औधोगीक क्रान्ति भयो । मानिसहरुको बिकल्पको रुपमा मेसिनहरुको प्रयोग हुन थाल्यो जसबाट ठुलो संख्यामा  मानिसहरु बेरोजगारीको शिकार हुन बाध्य भए । जसबाट जिबिकोपार्जनमा समेत समस्या र गरिबीले बिकराल रुप लिन थालेको थियो । ‘जहाँ समस्या त्यहाँ समाधानको उपाय’ भनेझै रोवर्ट ओर्वनले आफ्नो सहयोग आफै गर्नुपर्छ भन्ने सहकार्य भावको सृजना गरी रोचडेल पायोनिर्यस नामको सहकारी मार्फत सहकारी सिद्धान्तको सुरुवात गरे जसबाट रोजगारीको सृजना गरी समस्याको हल गरे । त्यस समयदेखी आजसम्म विश्वमा सहकारी क्षेत्रले अलौकिक कार्यहरु गरी आर्थिक प्रगती गर्न सफल भएको छ । विश्वमा विश्वयुद्ध, माहामारी, आर्थिक मन्दि, प्राकृतिक प्रकोप आदि जस्ता बिभिन्न समयमा बिभिन्न समस्या र बिपत्तिहरुमाथि बिजय प्राप्त गरी विकासले निरन्तर गती लिइरहनुको पछाडी सहकारी क्षेत्रको उल्लेखनिय भुमिका रहेको छ ।

नेपालमा बि.स. २०१३ सालमा कृषिमा क्रान्ति गरी स्थानिय स्रोत र साधनको उपयोग गरी उत्पादनशिल कार्य गरी आर्थिक समृद्धि र सुनुयोजित जीवनको निम्ति अत्यावश्यक सामाग्री र पुँजीको अभाब र कठिनाईको समस्या समाधानको निम्ति सहकारीको स्थापना चितवनको बखानपुरमा बखान सिहंले गरेँ ।

महंगो ब्याजमा ऋण उपलब्ध गराई शोषण गर्ने सामन्ति, जमिन्दार, साहु महाजनको नाममा रहेका शोषकहरुलाई बिस्थापित गरी सहुलियत कर्जा, आवश्यक शिक्षा तथा तालिमहरु, सामाजिक तथा सांस्कतिक कार्यक्रमहरुमा समावेश गराई  आर्थिक उन्नति, प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी, स्वरोजगार सृजना, उद्यमशिलताको विकाश, कृषिमा आधुनिकिकरण तथा व्यबसायिकरण, गरिबी निवारण आदि सहकारीको मुख्य उद्देश्य हुन् जसबाट प्रष्ट हुन सकिन्छ कि सहकारीको मुख्य ध्येय नै सदस्यहरुलाई विश्वसनिय सेवा प्रदान गरी आर्थिक समृद्धिमा टेवा पु¥याई आर्थिक उन्नतीको मार्ग देखाई सहज जिबनशैली बनाउनु भएता पनि निति नियमले बाँधेर कार्यहरु गर्न कठिनाई पु¥याएको महसुस गरिएको छ । सहकारीको माध्यमबाट ६१ हजार प्रत्यक्ष रोजगारी, ६३ हजार सदस्यहरुले सेवा सुबिधा प्राप्त गरेका छन् भने सहकारी संघ संस्थाबाट २०७४ असार मसान्त सम्ममा कुल शेयर पुँजी र बचत गरी ३ खर्ब ७५ अर्ब थियो भने २ खर्ब ७३ अर्ब कर्जा परिचालित भएको थियो जसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राष्ट्रिय अर्थतन्त्रमा ठुलो स्थान ओगटेको छ । यसै कारणले पनि नेपालको संबिधानमा समेत तीन खम्बे अर्थनितिमा सहकारीलाई उल्लेख गरिएको छ । यस्तो महत्वपुर्ण भुमिका निर्बाह गरीरहेको सहकारी क्षेत्र, यसको ऐन, नीति, नियम आफंैमा बिवादास्पद स्थितिमा संशोधनको प्रतिक्षामा गुज्रिरहेकोे छ ।

परापुर्व कालदेखी नै एक आपसमा सहयोगको भावले श्रम तथा सामाग्रीको आदानप्रदान गरी समुदायमा आइपरेका समस्याहरुको समाधान गर्दै सामुदायिक उत्थान गर्दै राष्ट्रिय हितको निम्ति   चलिआएको गुठी, पर्म, ढिकुर, सरसापट, अ‍ैचोपैचो, धर्मभकारी, ढुकुटी आदिको आधुनिक रुपमा विकशित भएको सहकारीले जात–धर्म, धनी–गरीब, दुर्गम–सुगम केही भेदभाव नगरी सबै वर्गका सदस्यहरुलाई समेटी घरदैलोमा वित्तिय साक्षरता सहित वित्तिय पहँुच पुर्याउन सफल एक मात्र सामाजिक वित्तिय क्षेत्र सहकारी नै हो । साना, मझौलादेखि ठुला ठुला उद्योग, परियोजनाहरुमा समेत सहभागीता जनाई देशलाई आर्थिक रुपमा बिभिन्न तरिकाबाट सघाउन सफल   सहकारीहरुले र्धुमुस सुन्तली फाउन्डेसनबाट संचालित गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने परियोजना, स्थानिय सरकारहरुलाई समेत बिभिन्न सहकारीहरुले आर्थिक सहयोग गरी विशिष्ट योगदान पु¥याईरहेका छन् ।

हाल कोरोना जस्तो भयानक रोगले विश्वलाई त्रसीत बनाई रहेको छ । विकसित देशदेखी लिएर विकासोन्मुख देशसम्म कसैलाई यस माहामारीले अछुतो बनाउन सकेको छैन । सबै राष्ट्रहरु जस्तै नेपालले पनि  बिभिन्न समस्या भोगीरहेको छ । नेपालमा लकडाउन भएको एक महिना कटिसकेको छ जसबाट आर्थिक संकट, भोकमरी र अन्य बिभिन्न समस्याबाट देश र गरीबीको रेखामुनी रहेका सिमान्तकृत बर्ग ग्रसीत छन् । यस्तो भयावह स्थितिमा पनि यस क्षेत्रले उल्लेखनिय कार्यहरु जस्तै सदस्यहरुको बर्ग पहिचान गरी आवश्यकता अनुरुपको साथ, सहयोग, राहत तथा सहुलियत प्रदान गरी अत्यावश्यक सामाग्री रासन, तरकारीको परिपुर्ति, सकभर पहुँच भएसम्म, मिल्नेसम्म उत्पादित कृषि सामाग्रीलाई बजारीकरण गराई उपभोक्तामाझ पु¥याउने, सडक बालबालिका तथा दैनिक मजदुरी गरी गुजारा गर्ने सम्पुर्ण बिपन्न बर्गकाहरुलाई खानेकुराको व्यबस्था मिलाई  सहयोगी भुमिका निर्वाह गर्ने, एक मात्र वित्तिय क्षेत्र सहकारी नै हो भन्दा केहि फरक पर्दैन । सहकारी संघ तथा संस्थाले हरेक कठिन परिस्थितिमा अतुलनिय कार्यहरु गर्दै आएको छ ।

माहामारीको कारणले विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक बृद्धिदरमा ब्यापक गिरावट हुने प्रक्षेपण गरिसकेको छ । विश्वव्यापी आर्थिक मन्दि आउँदा वैदेशिक रोजगारी गुम्ने, नेपालको कुल ग्राहस्थ उत्पादनको झन्डै एक चौथाई योगदान रहेको रेमीट्यान्स घट्ने, पर्यटन क्षेत्र धराशायी हुने, सीमापार व्यापारमा कमी आई राजस्व उठती न्युन हुने लगायतका कारणले डरलाग्दो आर्थिक गिरावट भई बिभिन्न समस्याहरुको सामना गर्नुपर्ने भएको छ जसबाट सम्पुर्ण वित्तिय क्षेत्र लगायत सहकारी क्षेत्रले समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अबको केही समय चुनौतीका साथ गुज्रनुपर्ने स्थिति छ । ऋण गरेर सुरुवात गरेका साना ब्यापार ब्यबसाय देखी मझौला तथा ठुला ठुला उद्योगहरुलाई समेत असर पारेको छ जसले गर्दा सदस्यहरुको ब्यबसाय धरासायी भई स्थानान्तरण हुनेदेखी निरन्तरता दिन नसक्ने संभावना, वैदेशिक रोजगारीबाट फर्कर्नेको संख्या बढ्नाले देशमा बेरोजगारी झन् बढ्ने, मनिसहरुमा दुविधा उत्पन्न भई उत्पादनशिल कार्यमा ह«ास आउन सक्ने, महंगाई बढ्नाले अत्यावश्यक सामाग्री बाहेक अन्य सामाग्री उपभोगमा कमी आउछ । तरलताको अस्थिरताको सामना गनुपर्ने स्थितिले बचतमा कमी भई बचत फिर्ताको मागमा बृद्धि हुनसक्ने, हाल लगानीहरुका ब्याज तथा शाँवा, किस्ता असुलीमा आईपर्ने कठिनाइ, राहत तथा भैपरी ऋण तथा छोटो अवधिको ऋण मागमा बृद्धि आउन सक्ने परिस्थितिलाई नर्कान सकिदैन ।

त्यस कारणले गर्दा आगामी दिनमा आर्थिक विकासको निम्ति ‘एकता नै बल हो’ भन्ने कथनलाई अनुशरण गर्दै राज्य संयन्त्र सहित सम्पुर्ण प्रकृतिका सहकारीहरुले मैत्रीभाव राखी संगठित, प्रभाबकारी र भरपर्दो बनी उपभोगमुखी उत्पादनमा प्रथमिकता दिई उचित खाध्य सुरक्षा प्रभावकारी बितरण ब्यवस्था दक्ष जनशक्तिको बिकाश गरी रोजगारीको सृजना गर्नु पर्दछ । जसरी बिभिन्न संकटबाट मुक्त हुर्दै प्रगतीको पथमा हिडेको हाम्रो देश नेपाल, यस विपत्तिको घडीबाट पनि मुक्त भई आर्थिक रोग निको पारी बिकासको गती लिनेछ भन्नेमा कुनै दुई मत छैन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?