उपासना सहकारीद्वारा एएके खाद्य उद्योगको उद्घाटन सम्पन्न


काठमाडौँ । बुधबार नागार्जुन– ६ जयन्तिगाउँमा रहने गरी उपासना महिला उद्यमी उप–समितिले एएके खाद्य उद्योग सञ्चालनमा ल्याएको छ ।

उक्त उद्योगको समुद्घाटन वडाअध्यक्ष राजेन्द्र बुढाथोकीले गर्नुभएको हो । उद्योग उद्घाटन गर्दै वडाध्यक्ष बुढाथोकीले महिला शसक्तिकरणको लागि उपसनाले चालेको यस्तो कमद प्रशंसनीय रहेको बताउनुभयो ।

महिलाहरुलाई सृजनशील बनाउने र रोजगारी दिने उद्देश्यले एएके खाद्य उद्योग सञ्चालनमा ल्याइएको उपासना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरावती महर्जनले जानकारी दिनुनुभयो ।

सञ्चालक सरिता थापाका अनुसार एएके खाद्य उद्योगले मिक्स दालमोठ, चना फ्राई, बदाम फ्राई, मुग नेम्किन, मसला लगायतका खाद्यबस्तुहरु उत्पादन गर्नेछ ।

उद्योगले स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै महिलाहरुको आर्थिक उत्थान गरी समृद्ध अर्थतन्त्रको विकासमा टेवा पुर्याउने विश्वास लिएको अध्यक्ष महर्जनले बताउनु भयो ।

नागार्जुन–४ सितापाइला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले १२ वर्षदेखि महिलालाई उद्यमशील बनाउन र सीपमुलक कार्यमा संलग्न गराई आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा विशेष भूमिका खेलेको अध्यक्ष महर्जनको दावी थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?