सिवाईसी र कश्मिसेरा एकीकरण हुने


बागलुङ जिल्ला स्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. र कश्मिसेरा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था एकीकरण हुने भएका छन् । कश्मिसेरा सहकारीको गत आईतबारसम्पन्न साधारणसभाले उक्त एकीकरणको निर्णय गरेको हो । एकीकरण पश्चात संस्थाको नाम सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. रहने निर्णय साधारणसभाबाट गरिएको थियो । उक्त अवसरमा बोल्दै जैमीनी नगरपालीका नगरप्रमुख ईन्द्रराज पौडेलले सहकारी संस्थाहरु संख्यात्मक रुपमा धैरै भएकाले एकीकरण अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । एकीकरणमार्फत नै संस्थाले सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्न सक्ने भन्दै पौडेलले गुणस्तर बृद्धिमा सहाकारी संस्थाहरूले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा एकिकृत संस्था सिवाईसी साकोसका अध्यक्ष एवं नेफ्स्कुनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसीले हालसम्म २८ वटा संस्थाहरुसंग एकीकरण प्रकृया अगाडि वढाइसकेको र एकीकरण पश्चात सबै संस्थाहरुलाई सम्मानजनक व्यवहार गरेको दाबी गर्नुभयो । कार्यक्रममा जैमीनी न.पा. वडा नं. ५ का अध्यक्ष गोपाल प्रसाद शर्मा, नगरपालीकाका सहकारी शाखा प्रमुख भेषराज पौडेल, सिवाईसी साकोसका सल्लाहाकार कृष्णशंकर श्रेष्ठ, सिवाईसी साकोसका सञ्चालक कृष्णप्रसाद रिजाल, सिवाईसी साकोस कशमिसेरा सेवाकेन्द्रका परामर्शदाता क्या. पदमवहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष खगिसरा आचार्यले राख्नुभएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन र एकीकरण प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२२औँ स्थापना दिवसमा लालिगुराँस सहकारीद्वारा एटिएम सेवा सुरुवात
विन्धवासिनी साकोसले सुरु गर्‍यो काठमाडौँबाट सेवा
भक्तपुर बचत संघको आमदानी दोब्बर
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न