बिध ल्याबले ल्यायो दुईसय छुट योजना
कोरोना परिक्षणका लागि सरकारले तोकेको मूल्यभन्दा कममा परीक्षण गर्ने दाबि गरेको बिध ल्याबले अनलाईन पेमेन्टबाट शुल्क भुक्तानी गर्दा दुई सय रुपियाँ छुटसमेत दिने योजना ल्याएको छ । शुल्क भुक्तानीका लगि भौतिक रूपमा उपस्थित हुनुपर्ने झन्झट अन्त्यसँगै र भिडभाडलाई कम गरेर कोरोनाको सम्भावित जोखिम घटाउन यो व्यवस्था गरिएको ल्याबले आफ्नो प्रेस विज्ञप्तिमा जनाएको छ । बिध ल्याबको शुल्क भुक्तानीका लागि ई-सेवा वा खल्ती मध्ये कुनै अनलाईन माध्यम प्रयोग गर्न सकिने जनाइएको छ। चारहजार रुपियाँमा कोरिना परीक्षण गरिरहेको बिधल्याबले अनलाईन भुक्तानीमा तीन हजार आठ सय मात्र तिर्नुपर्ने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ ।