काँग्रेसको सहकारी विभागमा थपिए दुई सदस्य


नेपाली काँग्रेसको हालै गठित ४० सदस्यीय वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा दुईजना सदस्य थप भएको जानकारी प्राप्त भएको छ । सहकारी नेपालको समाचारको कमेन्टबक्समा स्याङ्जाका केशव लम्साललाई २०७७ साउन ९ गते मनोनयन गरिएको पत्र र निरञ्जन सेडाई‌ंलाई साउन २६ गते मनोनयन गरेिएको प्रेस विज्ञप्ती पत्र प्राप्त भएको छ । लम्साल स्याङ्जाबाट र सेडाई काठमाडौँबाट प्रतिनिधित्व गर्ने उल्लेख गरिएको छ । यससँगै अब उक्त विभागको ४२ सदस्यीय भएको छ । विज्ञप्तिमा सदस्य भनि उल्लेख गरिएका सुरेन्द्र भण्डारीले आफू सदस्य नभई सचिवमा मनोनित भएको जानकारी सहकारी नेपाललाई दिए । उनले आफूलाई सचिवमा मनोनयन गरिएको पत्र प्राप्त भएको दाबी गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न