सिवाइसीले सुरु गर्‍यो मिस्डकल बैंकिङ सेवा


पछिल्लो समयमा बागलुङका सहकारी संस्थाले प्रविधि प्रयोगमा बैंकसँग प्रतिष्पर्धा गरिरहेका र अब्बल सेवा दिइरहेका छन् । जिल्लामा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. ले आफूलाई सदस्यको रोजाईको संस्था बनाउने लक्ष्य साथ अघि बढेको छ । यसै लक्ष्य अनुरूप सिवाइसी साकोसले मिस्डकल बैंकिंङ सेवा सुरु गरेको छ । संस्थाले गत शुक्रबार एक कार्यक्रम गरी मोवाइल फोनमा मिसकल गर्ना साथ स्वतः ब्यालेन्स रिचार्ज हुने (मिुड्कल सेवा) शुरु गरेको हो । संस्थाका निवर्तमान सल्लाहकार वरिष्ठ अधिवत्ता पद्मनाथ शर्माले आफ्नो मोवाइलबाट अफिसियल नम्बर ९८६०५८०६०१ मा मिसकल गरेर रिचार्ज सेवा शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै शर्माले सिवाइसीले समय सापेक्ष रुपमा आफ्ना सेवा र गतिविधि अघि बढाएका कारण यस प्रतिको आकर्षण र विश्वास बढेको बताउनु भयो ।
सिवाईसी साकोसले सदस्यमैत्री सेवा प्रदान गर्नका लागि एटीएम, मोवाईल बैंकीङ, क्युआर कोड, ट्ब्यालेट बैंकिङ लगाएतका सेवाहरु स‌ंचालन गरिरहेको र यो नयाँ सेवा समेत थप गरिएको कुरा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताउनु भयो । पौडेलले सिवाईसी जिल्लाको ८० प्रतिशत घरधुरी समेट्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउँदै सदस्यहरुका सुविधाका लागि सबै खाले प्रविधि र सेवा दिन तत्पर रहेको दाबी गर्नु भयो । ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *