समाजको कुरा सुनेर आफूलाई हिन सम्झनु हुन्नः विम्झना


सूचना चौतारी सञ्चार सहकारी संस्थाको प्राविधिक समन्वयमा ‘सामाजिक न्याय, जलवायु परिवर्तन एवम् स्थानिय उद्यमशिलता सम्बन्धी अभियान’ ले सञ्चालन गरेको कार्यक्रम सामुदायिक छलफलको पहिलो श्रृङ्खलामा नेपालीमूलकी अमेरिकी वैज्ञानिक विम्झना विश्वकर्मासँग छलफल भयो । नेपालमा जन्मे पनि अमेरिकामै अध्ययन गरी स्थाई बसोबास गरिरहनुभएकी बिम्झनासँग सामाजिक न्याय अन्तर्गत जातिय छुवाछुत र विवेधका कारण पछाडि परेको समुदायलाई कसरी अगाडि ल्याउने भन्ने बारेमा छलफल गरिएको थियो । उक्त छलफलमा विम्झनाले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

सफलताको रहस्य भनेको आफैमा निहित हुने कुरा रहेछ । परिवारको साथ चैँ मुख्य कुरा हो । मेरो जस्तो पृष्ठभूमीबाट आउनेले चै समाजको कुरा सुनेर आफूलाई हिन सम्झेर तल बस्ने होइन । तर आफूसँग भएको सामर्थ्य कसरी अगाडी बढाउने भन्ने निर्क्यौल गर्न सक्नुपर्छ । You should have dreams and you should give wings to everyone. अनि सँधै यस्तो कुरामा लागि पर्नुपर्छ ।  नकारात्मक कुराहरुलाइ छोडने र सकारात्मक कुराहरुलाई लिएर अघि बढ्न सक्नु पर्छ । नेपाली समाजमा जातभातको समस्या धेरै पहिले देखि रहेको छ ।  हामी सबै मिलेर  आवाज उठाएमा र कदम अघि बढाएमा समाजमा रहेको विभिन्न् समस्याहरु अवश्य अन्त्य गर्न सकिन्छ । शिक्षाले  समाजमा महत्वपूर्ण भूमिका  खेल्दछ । त्यसैले विवेध सहनु परेको तथा पछाडि परेको समुदायसम्म शिक्षाको सहज पहुँच पुर्याउन आवश्यक छ ।

सम्पादित भिडियो हेर्नुस्ः

सामुदायिक छलफल (Community Conversation) को पूरै कार्यक्रम हेर्नुहोस्ः


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन