संस्था बन्द भए पनि सदस्यको सम्पर्कमा रहनुस्ः पाण्डे


काठमाडौँ उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका छातासंघहरूले संयुक्त अपिल जारी गर्दै सहकारी संस्थाहरूलाई कार्यलय बन्द गर्न आग्रह गरेका छन् । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले आज राति १२ बजे देखि भाद्र १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेसँगै निषेधाज्ञा कायम रहेसम्म सहकारी संस्था बन्द गर्न संघहरूले अपिल गरेका हुन् ।

यस अघिको लकडाउनका बेला सहकारीहरूले कार्यलय बन्द रहेपनि सम्पर्क व्यक्ति मार्फत सेवा दिईरहेको दाबी गरेता पनि सहकारी संस्थालाई निक्षेप फिर्ता गर्न केन्द्रीय सहकारी विभागले सूचना जारी गरेको थियो । यसै सन्दर्भमा सहकारी नेपालले बागमति प्रदेश सहकारी विभागका रजिष्ट्रार विक्रम पाण्डेसँग कुराकानी गर्दा हाल जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा जारी गरेको अवस्थामा संस्था खोल्न सकिने अवस्था नरहेको बताउनु भयो । पाण्डेले सदस्यले मागेको सेवा सहकारी संस्थाले सम्पर्क व्यक्तिमार्फत दिनुपर्ने र सो पनि सम्भव नभए सदस्यको सम्पर्कमा सञ्चालक र कर्मचारीहरू रहनुपर्ने बताउनु भयो ।

 उपत्यकामा बढ्दो कोभिड १९ को संक्रमणका कारण सहकारी संस्थाका सञ्चालक, कर्मचारी एवम् सदस्यहरू उच्च जोखिममा रहेकोले आवश्यक परे सम्पर्क व्यक्ति तोकि अत्यावश्यक सेवा मात्र प्रदान गर्न अनुरोध गरिएको छ । संस्थाले गर्नुपर्ने नियमित बैठक तथा अन्तर्कियाहरू भर्चुअल रूपमा मात्र गर्न एवम् अत्यावश्यक कामका लागि कार्यालयमा आउनुपर्दा भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनसमेत उक्त अपिलमा आग्रह गरिएको छ । उक्त अपिल उपत्यकाका १२ वटा जिल्ला संघका अध्यक्षहरूको संयुक्त हस्ताक्षर सहित जारी गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

विपतमा सहकारीको भूमिका प्रशंसनीय नेफ्स्कून अध्यक्ष
मेची कोशी तेस्रो क्लस्टरको तेस्रो कार्यशाला (PALM Workshop) धरानमा सम्पन्‍न
तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी
सुनसरीको धरान क्षेत्रका साकोसहरुका लागि कर्ब्स अभिमुखीकरण