काठमाडौँ भदौ ३ । सूचना चौतारी संचार सहकारी संस्थाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएकोमा शिक प्रकट गर्दै भर्चुअल कार्यक्रम गरी श्रद्धानञ्जली अर्पण गरेको छ । संस्थाको आयोजनामा आज दिउँसो १।३० बजे नेपाली साहित्यकारहरूले जुम प्रविधिमार्फत राष्ट्रकविलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । उक्त भर्चुअल कार्यक्रममा श्रष्टाहरूले राष्ट्रकविका रचना वाचन गर्नुका साथै केहि श्रष्टाले राष्ट्रकविप्रति समर्पित रचनाहरू समेत वाचन गरे ।
सूचना चौतारीले नियमित गर्दै आएका भर्चुअल अन्तर्क्रियाका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरी आजको दिन राष्ट्रकवि प्रति समर्पित गरेको थियो । कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो र उहाँको अन्येष्टी आज पशुपति क्षेत्रको आर्यघाटमा गरियो ।
राष्ट्रकविको अन्त्येष्टीको भिडियो हेर्नुहोस्ः
सूचना चौतारी सञ्चार सहकारी संस्थाद्वारा गरिएको श्रद्धासुमन अर्पण कार्यक्रमको पूरा भिडियो हेर्नुहोस्ः
Leave a Reply