काठमाडौँ,भाद्र ४ । नेशनल को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३ ले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने हेतुले महानगरीय ट्राफिक प्रहरी वृत बौद्ध जोरपाटीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । हिजो औपचारिक कार्यक्रम गरि एलाईन्स क्षेत्र नं ३ का का अध्यक्ष प्रेम कुमार वस्नेतले सो बृत्तका प्रमुख ट्राफिक प्रहरी निरीक्षक नबिन कुमार अधिकारीलाई फेस शिल्ड ३५ थान, सर्गिकल मास्क ६ सय पिस, स्यानीटाइजर १२ लिटर, केएन ९५ मास्क ४० थान, सेनिटाइजरलगायतका सुरक्षा सामग्री हस्तान्तरण गर्नुभएको हो ।

एलाईन्सद्वारा ट्राफिकप्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान
by
Tags:
Leave a Reply