२४ शाखा थप्दै राष्ट्रिय सहकारी बैंक लि.

राष्ट्रिय सहकारी बैंक लिमिटेडले २४ वटा शाखा थप गर्ने भएको छ । देशभर ४४ वटा शाखा र केन्द्रिय कार्यालयबाट सहकारी संघसंस्थाहरूलाई वित्तिय सेवा प्रदान गरिरहेको राष्ट्रिय सहकारी बैंकले हालै मात्र नेपाल राष्ट्र बैंकबाट २४ वटा नयाँ शाखा खोल्ने अनुमति प्राप्त गरेको हो । १२ हजार भन्दा बढि सदस्त रहेको राष्ट्रिय सहकारी बैंकको चुक्ता शेयर पूँजी २ अर्ब २२ करोड रहेको छ भने करिब ४७ अर्ब निक्षेप संकलन गरेको छ । राष्ट्रिय सहकारी बैंकमा सहकारी संघसंस्थाहरूले मात्र शेयर खरिद गर्न पाउने तथा निक्षेप कर्जाको कारोबार गर्न पाउने व्यवस्था छ ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *