भक्तपुर बचत संघले सदस्य संस्थालाई दियो साधारणसभाबारे निर्देशन


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को सञ्चालक समितिको भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकले आ.व २०७७।७८ को बार्षिक बजेट पारित गरी साधारण सभामा अनुमोदनका लागि पेश गर्ने निर्णय गरेको छ ।

साथै बैठकले भक्तपुर जिल्लाका चारैवटा नगरपालिकाबाट संकलित रायसुझावका  आधारमा साधारणसभा संचालनका सम्बन्धमा सदस्य संस्थालाई निर्देशन दिनुका साथै नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघ र स्थानीय तहलाई पत्राचार गरेको छ ।

यस्ता छन् निर्देशनका बुँदाहरूः

१) साधारण सभाको लागि गर्नुपर्ने आन्तरिक तयारी कार्य गर्ने । आन्तरिक तयारी अन्तर्गत समयमै लेखापरिक्षण सम्पन्न गर्ने, बजेट निर्माण गर्ने र प्रतिवेदनहरु तयारी गर्ने ।

२) सहकारी ऐन २०७४ अनुसार लेखापरिक्षकको नियुक्ती साधारणा सभाबाटै भएकोले सामान्यतया स्थानीय तह वा अन्य निकायबाट स्विकृत लिन पर्दैन तर स्थानीय तहको सहकारी ऐनमा स्विकृती लिनुपर्ने भएमा स्विकृती लिने । अहिलेको विषम परिस्थितिमा समयमै लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्तिको स्विकृती हुने अवस्था नरहेमा साधारण सभाबाट नियुक्त लेखापरिक्षकबाटै लेखापरिक्षण गर्ने कार्य गरेमा बाधा नपर्ने र पछि अवस्था अनुकुल भएपछि स्विकृती लिने ।

३) साधारण सभाका लागि मिति तोकिएको भए हालको महामारीको विषम परिस्थितिलाई ध्यानमा राखी स्थगित गर्ने र हाललाई साधारण सभाको मिति तय नगर्ने । तर बन्दाबन्दी वा निषेध आज्ञा नभएको अवस्थामा नेफ्स्कूनद्धारा मिति २०७७।४।३२ मा जारी एकिकृत स्वनियमन मार्ग निर्देशन २०७७ बमोजिम साधारण सभा कार्यविधि अबलम्बन गर्न सक्ने ।

४) कार्यअवधि सकिने अवस्थासम्म खुल्ला रुपमा साधारण सभा गर्ने वा निर्वाचन गर्न सक्ने अवस्था नरहेमा नियमक निकायहरुमा म्याद थपको लागि अनुरोध गर्ने ।

५) सहकारी ऐन २०७४ मा आर्थिक बर्ष सकेको ६ महिना भित्र साधारण सभा गर्नुपर्ने, यदि समयमा साधारण सभा नगरेमा र संचालक समितिले कार्यअवधि आफु खुशि थप गरेमा जरिवाना गर्ने प्रावधान भएतापनि कोभिड १९ को महामारीको कारण ऐनले तोकिएको समय अवधिमा साधारण सभा संचालन गर्न नसकिएमा जरिवाना नलाग्ने व्यवस्थाको लागि नियमक निकायमा अनुरोध गर्ने । साथै साधारण सभाको समय थप वा अर्को बर्ष एकै पटक साधारण सभा गर्न सकिने व्यवस्थाका लागि अनुरोध गर्ने । ६) संस्थाबाट सम्बन्धि निकायहरुमा पठाउनुपर्ने प्रतिवेदन तथा विवरण र जानकारी विद्युतीय माध्यमबाट पठाउने ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२२औँ स्थापना दिवसमा लालिगुराँस सहकारीद्वारा एटिएम सेवा सुरुवात
दोहोरो सदस्यता कात्तिक १ गते देखी अन्त्य हुँदै
सहकारीको कर्जा ब्याजदर सीमा १४.७५ प्रतिशत, कार्त्तिक १५ देखि लागु हुने
विन्धवासिनी साकोसले सुरु गर्‍यो काठमाडौँबाट सेवा