भक्तपुरका सहकारीलाई सम्पत्ति शुद्धीकरण निवारण प्रशिक्षण

भक्तपुर, भाद्र २१ । कोरोना भाइरस संक्रमण जोखिम र निषेधाज्ञाका बीच भक्तपुर बचत तथा ऋण सहकारी संघ लिमिटेडले आज आफ्ना सदस्य संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन सम्बन्धी भर्चुअल तालिम दिएको छ । सम्पत्ति शुद्धिकरण निवारण ऐन अन्तर्गत सहकारी संस्थाले पालना गर्नुपर्ने विषयहरू र कार्यान्वयनका चुनौती सम्बन्धमा संघका व्यवस्थापक बालकृष्ण ध्वजुले प्रस्तुतीकरण गर्नु भएको थियो । अपराधिक क्रियाकलापबाट संकलित अबैध धन शुद्धीकरण हुनबाट नियन्त्रण गर्नका लागि सहकारी संस्थाले अनिवार्य कार्यान्वयनमा ल्याउनुपर्ने बताउदै ब्यबस्थापक ध्वजूले समुदायमा आधारित सहकारी संस्थाहरुले सो ऐन कार्यान्वयन गर्न ध्यान दिनुपर्ने विविध विषयहरुमा प्रष्ट पार्नु भयोे ।
तालिममा संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सम्पति शुद्धीकरण निवारण ऐनले सहकारी लगायत बैक तथा वित्तिय निकायमा आर्थिक कारोबार गर्दा स्रोत खुलाउन नसकिएको रकम सरकारले जफत समेत गर्न सक्ने भएकाले यस विषयमा सहकारीका सञ्चालक, कर्मचारी सूसुचित भई सदस्य समुदायलाई पनि यसबारे जानकारी दिनुपर्नेमा जोड दिनु भयो । विशेष गरी घर जग्गा किनबेच गर्दा कम मूल्यांकन गरी बढी पैसा लिएरको रकम सहकारी एवं वितिय संस्थामा जम्मा गर्दा समेत बढी भएको रकम जफत हुने र यस्तो कारोबार गरेबापत थपदण्ड जरिवाना समेत तिर्नुपर्ने अवस्था हुने भएकाले जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकोबारे लाखाजुले सचेत गराउनु भयो ।
संघका कोषाध्यक्ष एवं वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कान्छा भक्त घजुको सभापतित्वमा भएको उक्त तालिममा उपसमितिका सदस्य राजाराम गोसाईको स्वागत मन्तव्य रहयो । प्रत्यक्ष फेसबुक लाइभमा ५७ जना र जुम ५३ जना गरी जम्मा ११० जनाको सहभागिता रहेको सो तालिममा सहकारी विभागबाट जारी सम्पति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन अन्तर्गत सहकारीले परिपालना गर्नुपर्ने विषय बस्तुबारे छलफल गरेको थियो । सो तालिमको संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौमिखाले गर्नुभएको थियो ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *