सिवाईसी नेपाल लघुवित्तले शालीग्राम लघुवित्तलाई गाभ्ने


सिवाईसीले शालीग्रामलाई प्राप्ती (एक्विीजीशन) गर्ने सम्वन्धि समझदारी पत्रमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष कृष्णवहादुर थापाले शनिवार सिवाईसीको केन्द्रिय कार्यालय बागलुङ बजारमा हस्ताक्षर गरेका छन् ।

प्राप्ति गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्नेगाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्वन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा आजको मितिले ४ महिना भित्र एकिकृत कारोवार थाल्ने र नयाँ संस्थाको नाम सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि.राख्ने उल्लेख छ ।

हाल सिवाईसीको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । प्राप्ती (एक्विजिसन) पश्चात एकिकृत संस्थाको संस्थापक सेयर ८ करोड ६८ लाख १७ हजार हुनेछ भने जारी पुँजिको ३ करोड ८२ लाख ८३ हजार सर्वसाधरणलाई विक्रिको लागि निष्कासन गरेपश्चात चुक्ता पुँजि १२ करोड ५१ लाख कायम हुनेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मनकामना केबुलकारको टिकट अब मोबाइलबाटै पाइने
कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रा.लि. बीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता सम्पन्न ।
नबिल शेयर लोँनको शुरुवात ।
नेपाल फाईनान्स लिमिटेडबाट जारी भएको प्रेस विज्ञप्ती ।