कामना सेवा विकास बैंकले भाईबर तथा फेसबुक म्यासेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमबाट खाता खोल्ने र केवाईसी फर्म अपडेट गर्ने लगायतका सुविधा सुरु गरेको छ । कोविड १९ संक्रमण जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले बैंकले चेकबुक तथा डेबिट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, कर्जाको बक्यौता थाहा पाउने लगायतका सुविधासमेत सामाजिक संजालकै माध्यमबाट प्राप्त गर्न सक्ने छन् । ‘KSBBL Social Media Banking Platform’ को फेसबुक लाईभमार्फत शुभारम्भ गर्दै बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकका ग्राहकहरूले घरमै बसेर बैंकका विभिन्न सेवाको लाभ लिन सक्ने बताउनुभयो ।

कामना सेवा विकास बैंकले सामाजिक संजालबाटै सेवा दिने
by
Tags:
Leave a Reply