तित्याङ कृषि तथा पशुविकास सहकारी संस्था लि. तित्याङ बागलुङको तेश्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाले गणेशप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्ष पदमवहादुर खत्री, सचिव कृष्णप्रसाद पौडेल, सहसचिव सुर्यप्रसाद शर्मा, कोषाध्यक्ष शोभा पौडेल सदस्यहरु ऋषीराम शर्मा, विपीन पौडेल, डिलवहादुर खत्री, लक्ष्मी खत्री र कमला शर्मा पौडेल उक्त साधारणसभाबाट निर्वाचित हुनुभएको छ । त्यसै गरी लेखा समिति तर्फ संयोजक रामप्रसाद शर्मा तथा सदस्यमा सरिता केसी पौडेल र गणेश आचार्य निर्वाचित हुनुभएको छ ।
साधारणसभामा शुभकामना दिँदै नेफ्स्कूनका सञ्चालक एवं सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले कोरोना भाईरसले विश्व अर्थतन्त्रलाई धरासायी बनाईरहेको अहिलेको अवस्थालाई अवसरको रुपमा लिई आधुनिक कृषि क्रान्तितर्फ लाग्नुपर्ने बताउनु भयो ।
Leave a Reply