आइसिटी अवार्ड २०२० छनौट प्रक्रिया शुरू

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको पाँचौं संस्करणको छनौट प्रक्रिया शुरू भएको छ । गत असार ८ देखि भदौ १५ गतेसम्म खुल्ला गरिएको आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशनमा ३ सयभन्दा बढीको आवेदन परेको आयोजक संस्थाले जनाएको छ । कोभिड–१९ को महामारी र लकडाउनको बाबजुद पनि आइसिटी अवार्डमा देखिएको उत्साहले सूचना प्रविधि क्षेत्रमा सम्भावना र अवसरको खोजीका रूपमा लिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताउनुभयो । विभिन्न ११ विधाका लागि अनलाइन आवेदन खुल्ला गरिएकोमा स्टार्टअप आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डमा सबैभन्दा धरै नोमिनेशनहरू प्राप्त भएको आयोजकले जनाएको छ ।

सन् २०१६ देखि शुरू भएको आइसिटी अवार्ड नियमित रूपमा १७ अगष्टमा हुने गर्दथ्यो भने यस वर्ष कोरोनाको कारण केही महिनापछि सरेको हो । आयोजकले अवार्डको फिनाले कार्यक्रम डिसेम्बर महिनामा राखेको जनाएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्ड २०२० मा नेपाल सरकारका विभिन्न निकायहरू, नेपाल दूरसञ्चार प्राधिकरण, जिनस सोलुसन, इमिनेन्स वेज लगायतका संस्थाहरूको सहयोग रहेको आयोजकले जानकारी दिएको छ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *