सहकारी विभागले सहकारी संघसंस्थाहरूलाई सहकारी ऐन २०७४ मा तोकिएको समय सीमा अर्थात आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र गरिसक्न सूचना जारी गरेको छ । सो अनुरूप सहकारी संघसंस्थाहरूले पुष मसान्त भित्र अनिवार्य रूपमा सम्पन्न गर्नु पर्नेछ । कोभिड १९ का कारण उत्पन्न जोखिम र सरकारद्वारा भेला हुन निषेध गरिएको अवस्था भए पनि ऐन र नियमावलीमा तोकिएको व्यवस्थालाई अक्षरश पालना गर्नुपर्ने भएकाले तोकिएकै अवधिभित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने विभागको सूचनामा उल्लेख गरिएको छ ।
विद्युत्तिय माध्यमबाट साधारणसभा गर्न सकिने
विभागद्वारा जारी गरिएको सूचनामा विद्युत्तिय माध्यमबाट साधारणसभा गर्न सकिने उल्लेख गरिएको छ । विद्युत्तिय माध्यमबाट साधारणसभा गर्दा १५ दिन वा संस्थाको विनियममा तोकिएको समय भित्र सदस्यलाई प्रतिवेदन वितरण गर्ने र सो वितरण गर्दा लिइएको सदस्यको हस्ताक्षरलाई उपस्थितिका रूपमा लिई गणपूरक संख्या ऐनमा तोके बमोजिम अर्थात तत्काल कायम रहेको कूल सदस्य संख्याको ५१ प्रतिशत हुनुपर्नेछ । साथै विद्युत्तिय माध्यमबाट साधारणसभा गर्दा सामाजिक संजाल वा स्थानिय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्नुपर्ने र सोको सम्पूर्ण रेकर्ड नियमनकारी निकायमा साधारणसभा भएको १५ दिन भित्र बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
भौतिक रूपमा साधारणसभा गर्नेले १५ दिनसम्म उपस्थिति खुला गर्न सक्ने
विद्युत्तिय माध्यमबाट साधारणसभा गर्न नसक्ने संस्थाहरूले १५ दिन वा संस्थाको विनियममा तोकिएको अवधि भित्र सदस्यलाई उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न समय र स्थान तोकि अग्रिम जानकारी गराउनु पर्नेछ । निर्णय पुस्तिकामा हस्ताक्षर गर्न मनोनित सदस्यहरूलाई सो अवधि भित्रै निर्णय पुस्तिकामा हस्ताक्षर गराउनुपर्ने र नियामक निकायबाट समेत प्रमाणित गर्नुपर्ने छ ।
Leave a Reply