उद्यम विकास साकोसको साधारणसभा सम्पन्न

दमक ६ मा कार्यालय रहेको उद्यम बिकाश बचत तथा ऋण सहकारी संस्थाले  १२ औं साधारण सभा सम्पन्न गरेको छ । कोरोना संक्रमणको बढ्दो जोखिमका कारण सुरक्षात्मक उपायहरू अवलम्बन गर्दै सदस्यहरुको सहभागीतामा साधारणसभा सम्पन्न गरिएको अध्यक्ष चन्द्रा खड्का भट्टराईले जानकारी दिनुभयो । सञ्चालक समितिले तयार गरेको प्रतिवेदन सदस्यहरुलाई अग्रिम रूपमा उपलब्ध गराईएको र करिब सय जना सदस्यहरुले सुझाव समेत दिएका भट्टराईले बताउनु भयो । 
संस्थाले गत भदौ २० गते देखि नै भौतिक दुरी कायम गर्दै प्रतिवेदन लिन सकिने व्यवस्था गरेको र साधारणसभामा पेश हुनुपर्ने सम्पूर्ण नियमित प्रस्तावहरूमा सदस्यसँग छलफल गरी पारित गरिएको संस्थाका सचिव विरेन्द्र पोखरेलले बताउनुभयो ।

संस्थाले उत्कृष्ट कारोबार गर्ने कोमलप्रसाद काफ्ले, चन्दन चौधरी, भिमप्रसाद पोखरेल, मोहम्मद अप्सार, राजु परियार, उर्मिला बुढाथोकी, सान्ता कुमारी राई, हरिचन्द्र राई, प्रयुल खनाल, प्रतिक्षा पोखरेल, जोडन राई, राजेन्द्र भट्टराई, विनिता मगर र गौरिकान्त पोखरेललाई सम्मान सहित पुरस्कृत गरेको जनाएको छ । त्यसै गरि एकल महिला बिष्णुमायाँ भण्डारी र उत्कृष्ट कर्मचारी निसा राईलाई पनि पुरस्कार तथाा सम्मान गरिएको छ। 


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *