भक्तपुर बचत संघको आमदानी दोब्बर


भाद्र २८, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को कूल सम्पत्ति करिब १ अर्ब ३ करोड रूपियाँ पुगेको छ । त्यसै गरी संघले अघिल्लो आर्थिक वर्ष भन्दा दोब्बर आमदानी गरेको छ । संघको हालै बसेको भर्चुअल समीक्षा बैठकमा संघका अध्यक्ष कृष्ण गोपाल लाखाजुले कोरोना भाइरस महामारीको अवस्थामा पनि संघमा निक्षेप बृद्धि उत्साहजनक रूपमा भएको बताउनुभयो । लगानीको बातावरण नभएकोले सहकारी संघसंस्थामा अधिक तरलता भएको र न्यून व्याज दरमा बैंक तथा वित्तीय संस्थामा राख्नु पर्ने बाध्यता आईपरेको भन्दै लाखाजुले सहकारी संघहरुले यस्तो परिस्थितिमा प्रभावकारी भूमिका खे खेल्नुपर्ने विचार राख्नुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले संघको जोखिम व्यवस्थापन कार्यदलले महामारीको विषम परिस्थितीमा संघको वित्तीय जोखिम तथा कार्यालय संचालन जोखिमका सम्बन्धमा निरन्तर क्रियाशिल रहि सदस्यहरुलाई मार्ग निर्देशित गरेको बताउनु भयो । संघका कोषाध्यक्ष कान्छाभक्त घजुले महामारीका कारण बचत धेरै संकलन हुनुको साथै ऋण असुली बृद्धि भएकोले ऋण लगानीमा चुनौती थपिएको कुरा राख्नुभयो । घजुले संघले आ.व. २०७६/७७ मा १ करोड ४४ लाख नाफा गर्न सफल भएको जानकार दिनुभयो । संघले निर्माणाधिन भवनका लागि २५ हजार रुपियाँ वा सो भन्दा बढी सहयोग गर्ने सदस्य संस्था तथा व्यक्तीको नाम शिलापत्रमा प्रकाशित गर्ने घजुले जानकारी दिनुभयो ।

सघंका व्यवस्थापक बालकृष्ण धोजुले सघंको कार्यक्रम प्रगति विवरण पेश गर्नुका साथै महामारीका समयमा केकसरी संघले कारोवार र सेवाहरू संचालन गरिरहेको छ भन्ने बारे प्रस्तुतीकरण राख्नुभयो । भक्तपुर बचत तथा ऋण सहकारी संघमा हाल १९७ वटा साकोसहरूको सदस्यता रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?
‘बिपी चिन्तन र सहकारी’ विषयक विमर्श सम्पन्न