विन्धवासिनी साकोसले सुरु गर्‍यो काठमाडौँबाट सेवा


काभ्रेको पनौतीबाट सहकारी अभियान सुरुवात गरेको विन्धवासिनि बचत तथा ऋण सहकारी संस्थाले असोज १ गते देखि काठमाण्डौँको मिनभवन स्थित सेवा कार्यालयबाट समेत कारोबार सुरुवात गरेको छ । काठमाण्डौमा रहेको सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण गरेर विन्धवासिनीले एकीकृत कारोबार शुभारम्भ गरेको हो ।

कोभिड १९का कारण स्वास्थ्य सतर्कता अपनाई आयोजना गरिएको शुभारम्भ कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती, पूर्व बैंकर उमेश सिं भण्डारी लगायतका अतिथिहरू तथा एकीकृत दुबै संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले रिबन काटेर बिन्धवासिनीको बोर्ड अनावरण गरी शुभारम्भ गर्नु भयो । कार्यालय शुभारम्भको सुरुवातमा एकीकृत संस्थाका अध्यक्ष प्रदिप थापाले विन्धवासिनी र लक्ष्मीको पूजा अर्चना गर्नुभएको थियो ।

संस्थाका प्रमुख व्यवस्थापक के.बी.लामा स्याङ्तानले संस्थाको हाल सम्मको वित्तीय स्थिति र संचालनमा रहेका गैह्रवित्तीय सेवाहरुको संक्षिप्त जानकारी गराउनु भयो । एकिकरण पश्चात करीब ३८ हजार शेयर सदस्य र सात हजार आठ सय बाल बचत कर्ता गरी ४५ हजार भन्दा बढि सेवाग्राही आवद्ध रहेको उक्त संस्थाको शेयर पूजी ३३ करोड २५ लाख, बचत तथा निक्षेप दुई अर्ब ४१ करोड ५४ लाख, ऋण लगानीमा रहेको रकम दुई अर्ब ३४ करोड १७ लाख भई कूल सम्पत्ति ३ अर्ब २५ करोड पुगेको समेत जानकारी गराइएको थियो । शुभारम्भ कार्यक्रमको अवसरमा १० जना नयाँ शेयर सदस्य बनेका थिए भने एक लाख ७८ हजार शेयर र एक करोड भन्दा बढि बचत संकलन भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न