नेपाल फाईनान्स लिमिटेडबाट जारी भएको प्रेस विज्ञप्ती ।
नेपाल फाईनान्स लिमिटेडको २० औं देखि २७ औं बार्षिक साधारण सभा अभौतिक (भच्र्युअल) माध्यमबाट यहि असोज १० गते सम्पन्न भएको छ ।
सो साधारणसभाले संस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो ।
नेपाल फाईनान्स लिमिटेड २०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनी हो । यस संस्थाको चुक्तापूँजी चौरासी करोड दुई लाख पैसाठ्ठी हजार पाँच सय चौरानब्बे रुपियाँ पु¥याउनका लागि १:१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव पारित भएको छ ।