दोहोरो सदस्यता कात्तिक १ गते देखी अन्त्य हुँदै


 सहकारी ऐन, २०७४ को प्रावधान अनुसार आउँदो कात्तिक १ गतेदेखि एउटै प्रकृति र कार्यक्षेत्रका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने व्यवस्था लागु हुँदैछ । ऐनको दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको र उक्त समयसीमा २०७७ असोज मसान्तमा पुग्दैछ । तसर्थ कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो ।
सहकारी विभागले आफूले छनोट गरेको कुनै एक मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरेको छ । विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित शेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्न आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत दिएको छ ।
देशभरका सहकारी सदस्यको विवरण सफ्टवेयरमार्फत अद्यावधिक भइरहेको  र यो कार्यपूरा भएसँगै सबै सदस्यले स्वघोषणा गर्नु पर्ने नियम छ  । नियम पालना नगर्नेलाई  दुई लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
शहरी क्षेत्रका अधिकांश सहकारीमा दोहोरो सदस्यता  रहेको छ । सहकारीका विभिन्न विवरण राख्ने सफ्टवेयर कोपोमिसमा सबै  विवरण अद्यावधिक भएपछि मात्र दोहोरो सदस्यता बारे यकिन हुनसक्ने छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रिलायवल बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न
सहकारी डबली ४० मा ‘स्थानियता र सहकारी’ विषयमा छलफल
सहकारीको २५ वर्षे रणनीति तयार
२२औँ स्थापना दिवसमा लालिगुराँस सहकारीद्वारा एटिएम सेवा सुरुवात