बैंक अफ काठमाण्डू लिमिटेडको ग्रिन पिन सुबिधा
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहक महानुभावहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ । यस सुबिधाबाट बैंकको नयाँ ग्राहक महानुभावहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहक महानुभावहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नुहुनेछ ।
नयाँ कार्डबाहक ग्राहक महानुभावहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर “भ्लतभच थ्यगच इत्ए” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नुहुनेछ । यस पश्चात कार्ड बाहक महानुभावहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक इत्ए प्राप्त गर्नुहुनेछ । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको इएत् प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिन्छ ।